भारतलाई हराउँदै नेपाल विजयी, सोमपाल र बसन्तको सतक पूरा

काठमाडौँ, ३ असोज । आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसीपको तयारीका लागि भारतमा रहेको नेपाली टोलीले अभ्यास खेलमा भारतको डिन्डीगुल ड्रागन्सलाई पराजित गरेको छ । मंगलबार भएको अभ्यास खेलमा नेपालले डिन्डीगुललाई १ सय ५३ रनले हराएको हो। टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २ सय १६ रन बनाएको थियो।

नेपालका लागि सोमपाल कामीले ६६ रन बनाए भने बसन्त रेग्मीले नटआउट ५६ रन बनाए । सोमपाल र बसन्तले सतकीय पारी खेलेका थिए । ज्ञानेन्द्र मल्लले ३९, सागर पुनले १५, शरद भेषावाकरले १, आरिफ सेखले २१, सन्दिप लामिछानेले १ रन बनाए । कप्तान पारस खड्का भने शुन्य रनमै आउट भए ।

२ सय १७ रनको लक्ष्य पछ्याएको डिन्डीगुलले ३५ ओभर ३ बलमा ६३ रन मात्र बनाउन सक्यो । सागर पुनले ३ तथा ललित भण्डारी र सुशिल कँडेलले समान २ विकेट लिए । आइसिसी विश्व क्रिकेट लिग अन्तर्गत आउँदो असोज २७ र २९ गते नेपालले हङकङसँग खेल्दैछ।

कमेन्ट गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *