लाखौंमा एक महिला हुन्छिन् ‘विशेष’, हरेक महिलामा हुन्छ यस्तो गुण

महिलालाई आफ्नो प्रसंशा सुन्न धेरै मन पर्छ। यो एक आम धारणा छ कि, यदि कुनै महिलाको मूड खराब छ भने उनलाई खुसी बनाउन थोरै प्रसंशा गरिदिए पुग्छ । यो त हो, तर झुटो प्रसंशा गर्दा भने उल्टो पनि हुन जान्छ।

यो आलेखमा यस्ता महिलाबारे कुरा गरिँदैछ, जसको जवरजस्ती प्रसंशा गरिरहनु पर्दैन। यी महिलामा एक विशेष गुण हुन्छ, जसले गर्दा उनीहरु आफैं प्रसंशाका पात्र हुन्छन् ।

‘अल्फा वुमन’, यो अंग्रेजीको यस्तो शब्दावली हो, जो विशेष प्रकारका महिलाका लागि प्रयोग गरिन्छ । अर्थात यी त्यस्ता महिला मानिन्छन्, जसमा कमजोरी नै देखिँदैन । यी महिलाहरुमा यति धेरै गुण हुन्छन् कि तपाई यीनको प्रसंशा गर्दा गर्दै थाक्नुहुनेछ ।

अल्फा वुमनका गुण

धेरै अध्ययनपछि ‘अल्फा वुमन’ शब्दावली प्रयोगमा ल्याइएको हो । यस्ता महिलालाई अल्फा वुमन भनिन्छ, जसमा आम महिलाको तुलनामा केही खास गुण हुन्छन् । ति गुणहरु यस्ता हुन्छन्ः

आत्मविश्वास

आत्मविश्वासको मामलामा तपाईले आफूलाई कति नम्बर दिनुहुन्छ होला ? सायद ६, ७ या ८ । तर अल्फा वुमनको हकमा आत्मविश्वासको मामलामा १० मा ११ नम्बर मिल्नु पर्छ । उनीहरुको आत्मविश्वासलाई ओभर कान्फिडेन्स नसम्झनु होला ।

सकारात्मक सोच
एक अल्फा वुमन आफ्नो आत्मविश्वासलाई पूर्ण रुपमा सकरात्मक तरिकाले प्रयोगमा ल्याउँछिन् । कुनै पनि परिस्थितिमा नहार्नु, हारे पनि निराश नहुनु उनीहरुलाई राम्रोसँग आउँछ।

काम गर्ने तरिका
यदि तपाईले कुनै अल्फा वुमनलाई भेट्नुभयो भने तपाईलाई यो महशुष हुनेछ कि, उनीहरु कति सजिलै काम गर्न सक्छन् र सफल पनि हुन्छन्। तर वास्तविकता त्यस्तो हुँदैन। अल्फा वुमन धेरै मेहनती हुन्छन् र आफ्नो कामका लागि सधैं गम्भीर हुन्छन्।

परिश्रमी

यही कारण हो कि उनको परिश्रमले सफलता दिलाउँछ । आफ्नो कामबाट अन्यत्र ध्यान केन्द्रित नगर्नु र पूरै मनदेखि काम गर्नु अल्फा वुमनको खास विशेषता हो।

सीधा कुरा, स्पस्ट बिचार

जो मनमा हुन्छ, त्यही मुखमा बोल्ने व्यक्ति कहिल्यै धोकेबाज हुँदैनन् । यो सत्य हो कि यस्ता महिलाको सीधा र प्रस्ट कुरा गर्ने बानीले गर्दा कतिपयको चित्त दुख्न जान्छ । तर सत्यको सम्मान गर्नु छ भने यस्तो बानी नै सबैभन्दा उत्तम हुन्छ।

आत्मसन्तुष्टिका लागि काम

कुनै पनि अल्फा वुमन आत्मसन्तुष्टिका लागि काम गर्छिन्। नकि कसैलाई तल पार्नु अथवा हराउन। उनीहरु आफू जित्ने तथा सफल हुने सोच राख्छन् । तर अरुलाई हराउने तथा असफल बनाउने सोच्दैनन्।

कमेन्ट गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *