हङकङले नेपाललाई दियो ७७ रनको चुनौती, नेपाल केहिबेरमा जवाफी ब्याटिङमा उत्रदै

गते प्रकाशित

काठमाडौं, १ असोज । यु १९ एसिया कप छनौट प्रयिोगिताको फाइनलमा हङकङले नेपाललाई ७७ रनको चुनौति पेश गरेको छ । केहिबेरमा नेपाल जवाफी ब्याटिङमा उत्रदै छ ।

टस जितेर फिल्डिङ रोजेको बलिङतर्फ नेपालका साहब अलाम र सन्दीप लामिछानेले तीन/तीन विकेट लिए। यस्तै, अनिलकुमार साह र दीपेन्द्र सिंह ऐरीले एक÷विकेट लिए। हङकङका दुई ब्याट्सम्यान रनआउट भएका थिए।  नेपाल यू –१९ क्रिकेटमा सातौँ पटक फाइनलमा पुगेको हो। यसमध्ये नेपालले चार पटक उपाधि जितिसकेको छ।

हङकङका जाथवेशलाई रन आउट गर्दै सुमित महर्जनले नेपालका लागि दोस्रो विकेट दिलाएका थिए । त्यस्तै शाहब आलमले हरप्रीत सिंह, कबिर बोधी र वाजिद शाह मोहम्मदको विकेट लिँदै हङकङमाथि दबाब बनाएका थिए ।

आजको विजेता छनोटको उपाधिसँगै मलेसियामै हुने एसिया कपका लागि छनौट हुनेछ ।

 

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   विश्वकपको फाइनलमा पुगेपछि क्रोएसियामा हर्षोउल्लास, जर्सी लगाएरै बस्यो क्याबिनेट !

तपाईं हामीसंग फेसबुक,र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।