दशैंको मौका छोपि खाद्यान्नमा भारी मूल्यवृद्धि

काठमाडौं, १ असोज । दसैंको मुखमा आएर व्यवसायीले खाद्यान्नको मूल्यवृद्धि गरेका छन् ।मूल्य बढेर आएको बहाना देखाउँदै व्यवसायीले उपभोक्तालाई प्रतक्ष्य असर पर्ने गरी खाद्यान्नमा मूल्य बढाएका हुन् ।

व्यवसायीले चामल, गेडागुडी र खाने तेल, चिनी, जीरालगायत अन्य खाद्यान्मा मूल्य बढाएका छन् ।  राष्ट्रिय उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सेनाले भने, -मूल्य बढाउनुपर्ने अवस्था नरहे पनि बढी नाफा कमाउनका लागि व्यवसायीले बढाएका हुन् ।

-यसले उपभोक्तालाई प्रतक्ष्य मार परेको छ ।

नेपाल खुद्रा व्यापार संघका अनुसार,

-खाने तेलमा ५ देखि १० रुपैयाँसम्म वृद्धि भएको छ ।

-जिरा प्रतिकेजी ३० देखि ४० रुपैष्याँसम्मले बढेको छ ।

-गेडागुडी र दालमा सामान्य मूल्यवृद्धि भएको छ ।  आजको कारोबार दैनिकमा खबर छापिएको छ ।

कमेन्ट गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *