यु-१९ एसिया कप क्रिकेट: नेपालले मलेसियालाई १० विकेटले हरायो

गते प्रकाशित

काठमाडौं, ३१ भदौ । नेपाल उन्नाइस वर्षमुनिको एसिया कप क्रिकेटका लागि छनौट भएको छ । नेपाल एसिया कप क्रिकेट (पूर्वी क्षेत्र) छनौट प्रतियोगिताको फाइनलमा पनि प्रवेश गरेको छ। मलेसियासँग शनिबार भएको सेमिफाइनलमा १० विकेटको शानदार जित निकाल्दै नेपाल फाइनलमा प्रवेश गरेको हो।

घरेलु टोली मलेसियाले प्रस्तुत गरेको एक सय २२ रनको लक्ष्य नेपालले २३ ओभर एक बलमा बिना विकेटको क्षतिमा भेट्टाएको हो। ओपनरहरु सन्दिप सुनार र आशिफ शेखले अर्धशतक बनाउँदै नेपाललाई सहज जित दिलाए।  उनीहरुको उत्कृष्ट प्रदर्शनमा नेपालले २३ ओभर १ बलमा १ सय २५ रन बनाउन कुनै विकेट गुमाउनु परेन । सन्दिपले ७७ बलमा ८ चौका हाने भने आशिफले ६५ बलमा ८ चौका र एक छक्का सहित अर्ध शतक पूरा गरे।

नेपालले उपाधिका लागि सिंगापुर र हङ्गकङ्गमध्ये एक टिमसँग खेल्नेछ। दोश्रो सेमिफाइनलमा यी दुई टीम पनि अहिले खेलिरहेका छन् । पराजित भएपनि आयोजकका रुपमा मलेशिया एसिया कप खेल्न पाउनेछ।

यसअघि टस जितेपछि पहिले घरेलु टोलीलाई ब्याटिङका लागि बोलाएको नेपालले ४२ ओभरमा मलेसियालाई एक सय २० रनमा आउट गरेको हो । मलेसियालाई सामान्य लक्ष्यमा सीमित गर्न नेपालका कप्तान दिपेन्द्रसिंह ऐरीले उत्कृष्ट प्रदर्शन गरे। उनले ५ विकेट लिए।

पवन सर्राफले २ तथा, रोहितकुमार पौडेल, साहव आलम र सन्दिप लामिछानेले एक एक विकेट लिए। ८ ओभर बलिङ गर्दा दिपेन्द्रले २९ रन खर्चिए । १० ओभर बलिङ्ग गरको साहवले २ विकेट लिन ३८ रन खर्चिए । सन्दिपले १० ओभरमा १३ रन मात्र दिएर किफायति बलिङ गरेपनि विकेट भने एक भन्दा बढी लिन सकेनन्।

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   सर्वोच्चले भन्यो, देउवा सरकारले गरेका नियुक्ति खारेज गर्ने निर्णय कार्यान्वयन नगर्नू

तपाईं हामीसंग फेसबुक,र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।