डलर साटने प्रलोभनमा डेढ लाख गुम्यो

काठमाडौँ । डलर साटिदिने भन्दै कागज दिएर एक लाख ५० हजार नगद लिई दुई अपरिचित फरार भएका छन्। डलर साटिदिने प्रलोभन देखाई दुई अपरिचितले दोलखास्थित भिमेश्वर नगरपालिका-६ घर भई हाल काठमाडौं बालाजु बस्दै आएका २२ बर्षीय प्रकाश खत्रीको नगद १ लाख ५० हजार रुपैयाँ लिएर फरार भएका थिए।

गोकर्णेश्वर नगरपालिका-५ जोरपाटी ओरालोमा बिहीबार २ जना अपरिचित व्यक्तिले खत्रीलाई डलर साटिदिन्छु भनि कागज दिई उक्त नगद लिएर भागेको प्रहरीले जनाएको छ। फरार व्यक्तिहरुको प्रहरीले खोजी भइरहेको प्रहरीले जनाएको छ।

कमेन्ट गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *