एसीसी यू-१९ : नेपालले सेमिफाइनलमा मलेसियासँग खेल्ने

गते प्रकाशित

काठमाडौं, २९ भदौ । एसीसी यू-१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले मलेसियासँग खेल्ने भएको छ। नेपाल समूह ए को बिजेता तथा आयोजक मलेसिया समूह बी को उपबिजेता बन्दै अन्तिम चारमा पुगेका हुन्।

नेपालले समूह चरणमा अन्तिम खेलमा आज सिंगापुरलाई ७ विकेटले हराएपछि समूह ए को बिजेता बनेको हो। समूह ए को उपबिजेता बनेको सिंगापुरले समूह बी को बिजेता हङकङसँग प्रतिस्पर्धा गर्नेछ।हङकङ तीन खेल जित्दै समूह बिजेता बनेको हो भने उपबिजेता बनेको मलेसियाले २ खेल मात्र जितेको थियो।

सेमिफाइनलमा बिजयी हुने दुई टिम आगामी नोभेम्बरमा मलेसियामै हुने यू-१९ एसिया कपको लागि छनोट हुनेछ।यस्तै वेस्टर्न रिजनबाट पनि फाइनल पुग्ने दुई टिम एसिया कपको लागि छनोट हुनेछ। यी चार टिमसँगै एसियाका टेष्ट खेल्ने चार राष्ट्र भारत, पाकिस्तान, श्रीलंकाको युवा टोलीले प्रतियोगिता खेल्नेछन्।

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   विश्वकपको फाइनलमा पुगेपछि क्रोएसियामा हर्षोउल्लास, जर्सी लगाएरै बस्यो क्याबिनेट !

तपाईं हामीसंग फेसबुक,र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।