पेट दुखेर अस्पताल पुगेकी युवतीको जाँच गर्दा चिकित्सको होसै उड्यो

काठमाडौँ । पेट दुख्ने तथा वान्ता हुने समस्या लिएर अस्पताल पुगेकी २० वर्षीया युवतीको स्वास्थ्य जाँच गर्दा चिकित्सक अचम्मित भएका छन्।

विरामी युवती निकै कमजोर थिइन्। चिकित्सकले ती युवतीलाई अस्पताल भर्ना गरेर जाँच गरे। सिटी स्क्यानको रिर्पोट हेरेपछि चिकित्सक अचम्मित भए। सिटी स्क्यानमा युवतीको पेटभित्र कपालको गुच्छा देखिएको थियो। चिकित्सकले तुरुन्तै युवतीको सल्यक्रिया गर्नु पर्ने बताए।

परिवारको अनुमतिपछि चिकित्सको टोलीले युवतीको सल्यक्रिया सुरु गर्यो। सल्यक्रिया मार्फत युवतीको पेटबाट चिकित्सकले एक किलो कपालको गुच्छा बाहिर निकाले ।

कमेन्ट गर्नुहोस्