अभिनेता आर्यनले गरे अभिनेत्री रेखाको सिउँदो (भिडियो)

गते प्रकाशित

काठमाडौं । चलचित्र ‘रुद्रप्रिया’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । रेखा थापा र आर्यन सिग्देलको मुख्य भूमिका रहेको चलचित्रले युट्युवमा ट्रेलर सार्वजनिक गरेको हो ।

लभभग दुई मिनेट लामो प्रोमोमा एक्सन, प्रेम र रोमान्सलाई देखाइएको छ । आठ वर्षपछि एकसाथ काम गरेका रेखा र आर्यनको जोडी फिल्ममा देखाइएको छ । रेखा फिल्मसको ब्यानरमा निर्माण भएको चलचित्रमा राजन इशान, टिका पहारी लगायतका कलाकारको अभिनय रहेको छ ।

स्रिजित मुखर्जीको स्किृप्ट तथा निर्देशन रहेको फिल्मलाई सञ्जय लामाले छायांकन गरेका हुन् । फिल्ममा अर्जुन पोखरेल र राजनराज शिवाकोटीको संगीत रहेको छ ।

कमेन्ट गर्नुहोस्

तपाईं हामीसंग फेसबुक,र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।