म्यानपावर र कम्पनीले अलपत्र पारेपछि रोल्पा समाजले गर्यो युवाको उद्धार

चोम बिष्ट कतार’ २४ भदौ । कतारमा रहेको रोल्पालीहरुको साझा संस्था रोल्पा जलजला सेवा समाज कतारको मासिक बैठक सम्पन्न भएको छ। संस्थाका अध्यक्ष शिव बहादुर बुढाथोकीको अध्यक्षतामा दोहाको देवार अल्कुदुप पठानी पार्कमा सम्पन्न भएको हो। उक्त बैठकमा समाजका कार्यसमिति पदाधिकारी, सल्लाहकार, बुद्धिजीवी, समाजसेवि तथा रोल्पाली दाजुभाइ तथा दिदीबहिनीहरुको बाक्लो उपस्थिति रहेको थियो।

उक्त बैठकले रोल्पा साबिकको सिर्प गाविस बाट टेक बहादुर खड्कालाई कार्यसमिति सदस्यमा थप गरेको छ भने आउँदै गरेको महान चाडपर्व दशैँ तथा शुभ दिपावलीको अवसरमा शुभकामना आदानप्रदानको कार्यक्रम गर्र्र्ने निर्णय समेत गरेको छ। समाजले कतारमा आइपर्ने समस्यालाई सक्दो सहयोग सल्लाह सुझाव अनि नेपालबाट वैदेशिक रोजगारमा आउनुहुने दाजुभाइ दिदीबहिनीहरुलाइ पनि यहाँको गतिविधिका बारेमा चेतनामूलक संदेश तथा आपतकालीन समयमा सहयोग गर्दै आइरहेको छ। ेही हप्ता अगाडि रोल्पाको तालाबाङकाबाट रोजगारको सिलसिलामा कतार आइपुगिसकेका टिकचन घर्ती आफुले भने अनुसारको काम दाम नपाएको भन्दै समाजको सहयोग लिन आएका छन्। उनले काठमाडौँमा रहेको वरिएन म्यानपावर ओभर्सिजका एजेन्ड रमेश विक र प्रमुख भीम कोइराला मार्फत कतारको अरब युनाइटेड कन्ट्रकसन कम्पनीमा आएको बताएका छन्।

यता हामीले पनि यसबारे जानकारी लिन खोज्दा अरब युनाइटेड कन्ट्रकसन कम्पनीका म्यानेजर महम्मद नबिल म्याजिदसँग कुरा बुझ्दा कम्पनीको गल्ती नरहेको बताए । उनले भने मेनपावरबाट माग गरे अनुसारको कामदार आएनछ त्यसैले भने अनुसारको तलब र सेवा सुबिधा दिन सकिँदैन। यता नेपालमा रहेको म्यानपावरलाई बारम्बार सम्पर्क गरेर उद्धारका लागि अपिल गरेपनि वास्तै नगरेपछि अन्तिममा समाजले घर्तीलाई नेपाल फिर्ताका लागि टिकटको व्यवस्था गरिदिएको छ। बैठकमा समाजका अध्यक्ष शिव बुढाथोकी सल्लाहकार संयोजक बसन्त थापाले अलपत्र परेका टिकचन घर्तीलाई टिकट हस्तान्तरण गर्दै रोजगारीमा आउने सबै नेपालीलाई बुझेर मात्र विदेश आउन सल्लाह दिएका थिए।

कमेन्ट गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *