के हो हरितालिका तीज, किन मनाइन्छ ?

हिन्दुहरूले अध्ययन गर्ने धर्मग्रन्थहरू वेद र गीतामा बाहेक अन्य ग्रन्थहरूमा उल्लेख गरिएका कतिपय कुराहरू वास्तविक घटना भन्दा बेग्लै प्रकारले उल्लेख गरेको पाइन्छ । परापूर्वकालदेखि पुरुषप्रधान रहेको यस समाजका ऋषिहरूले पुरुषलाई सदा अग्रस्थानमा राखेर सोहीअनुसारको कथा लेखेकोले कतिपय सत्य कुराहरू ओझेलमा पर्न गइ वर्तमानमा मनाइने चाडपर्वहरूमा विकृति बढ्दै गएको पाइन्छ ।

कुनै पनि चाडपर्व सम्पन्न गर्ने निश्चित विधि र नियमहरू हुन्छन् । निश्चित विधिमा नियम पु¥याएर गरेको कर्मले मात्र सकरात्मक फल दिन्छ । अन्यथा फल नकारात्मक मिल्छ । गलत तरिकाले गर्नुभन्दा नगरेको जाति हुन्छ । फुटबल खेल्ने खेलाडीलाई खेलको नियम थाहा नभएर आफुखुशी खेलेमा उ कसरी सफल हुन सक्छ र ? अहिले हाम्रो स्थिति यस्तै रहेको छ ।

कुनै पनि चाडपर्व मनाइनुका पछाडि प्रायः तीन कारण रहने गर्दछन्– सामाजिक, धार्मिक र अध्यात्मिक । कुनै पर्व सामाजिक सदभाव कायम राख्न, कुनै खास घटनाको स्मरण गर्न र कुनै चाडपर्व स्वआत्म उत्थानको लागि मनाइन्छ । हामीले मनाउने सबै चाडपर्व प्रायः महिला–पुरुष दुबैले समान रुपले मनाउछौ“ं । तर तीज भने महिला दिदीबहिनीले मात्र मनाउने पर्व हो । यो पर्व नेपालको पहाडी भाग र भारतको केही उत्तरी पर्वतीय भागबाट मनाउन शुरु गरिएको हो ।

हरेक कुराको आफ्नैै कारण, आफ्नैै शैली र मौलिकता हुन्छ । पुर्खाको नासोको रुपमा रहेका हरेक चाडपर्व मनाइनुको कारण जान्नुपर्छ उचित शैली अपनाइनु पर्छ र मौलिकता जीवित राख्नुपर्छ । अन्यथा लोपन्मुख हुन लागेको हिन्दु धर्मभित्रका संस्कार र संस्कृतहरू या त लोप हुनेछन् या विकृत हुनेछन् । तसर्थ, तीज किन मनाउन सुरु गरियो भन्ने प्रसंग संक्षिप्तमा उल्लेख गर्न चाहन्छु ।

भगवान शंकरका भक्तहरूमध्ये एउटाको नाम नन्दा गिरी थियो । स्त्रीलम्पट नन्दालार्ई सुन्दर स्त्रीप्रति निकै मोह थियो । सबैभन्दा सुन्दर स्त्रीसंग विवाह गर्ने उसको चाहना थियो । उसले भगवान शंकरको नाम जपेर घोर तपस्या ग¥यो । भगवान शंकर प्रशन्न भएर वरदान माग्न भन्नुभयो । संयोगवश भगवानसंगै माता पार्वतीकोे पनि दर्शन पायो । माताको सुन्दरतामा मोहित भएको उसले उनैसंग विवाह गर्ने निधो ग¥यो । डरले वरदान सिधै माग्न सकेन । उसको नजर भगवान शंकरले लगाउनुभएको मनचिन्ते कडामा प¥यो । दाहिने हातमा धारण गरेको कडा भगवान शंकरको प्रमुख यन्त्रशक्ति थियो । कडा कुनै वस्तुमाथि राखेर कामना गरेको खण्डमा तत्काल पूरा हुन्थ्यो । उसले त्यही कडा मागेर आफ्ना सबै इच्छा पुरा गर्ने विचार ग¥यो । कडा प्राप्त गरेपछि नन्दाले आफुलाई यस पृथ्वीको सबैभन्दा शक्तिशाली मानव ठान्योे । उसमा घमण्ड बढ्यो । उसले भगवान शंकरलाई मारेर माता पार्वतीसँग विवाह गर्ने निर्णय गर्यो । ‘भगवान मलाई माफ गर्नुहोला, तपाईंलाई मारेर पर्वतीसँग विवाह गर्छु’ भन्दै हात भगवान शंकरको शीरमाथि राखर ‘भष्म’ भन्न लाग्यो । शब्द पुरा नहुँदै भगवान जीवनरक्षाको लागि त्यहा“बाट भाग्नुभयो । नन्दाले पछाडिबाट लखेट्दै लग्यो । यो क्रम कयौं महिनासम्म चल्यो । भगवान अघिअघि नन्दा पछिपछि । भगवानको यस अवस्थालाई ‘भागेश्वर’को नाम र नन्दा गिरीलाई ‘भष्मासुर’को नामले जानिन्छ ।

भगवान शंकरलाई बचाउन परब्रह्म परमेश्वर स्वयं भगवान विष्णुको रुप धारण गरेर भष्मासुरको अगाडि देखा पर्नुभयो । वहाँले सोध्नुहुन्छ– ‘नन्दा तिमी महिनौं दिनसम्म किन त्यत्तिकै दौडिरहेका छौ, तिमीलाई के समस्या प¥यो ?’ नन्दाले घटनाको सबै वृतान्त सुनाउँछ र समस्याको समाधानको उपाय पनि सोध्छ । भगवान विष्णु भन्नु हुन्छ, तिमी जस्तो बुद्धिमान र शक्तिशाली ब्यक्ति शक्तिहिन भएका शंकरको पछाडी दौडेर समय वर्वाद गर्न सुहाउँदैन । कैलाशपर्वत फर्किएर पार्वतीसँग विवाह गर । नन्दालाई यो सुझाव चित्त बुझ्यो । उ तत्काल कैलाशपर्वततर्फ फर्कियो । बिचबाटोमा परब्रह्म परमेश्वर पार्वतीको रुपमा पुनः प्रकट हुनुभयो । पार्वतीको रुपमा रहेका परमेश्वरलाई सबै घटना सुनाउँदै अब उनीसँग विवाह गरेर आनन्दसाथ कैलाशपर्वतमा बस्ने कुरा सुनायो । तर माता पार्वतीले भष्मासुरले एउटा कुरा पुरा गरेमा मात्र खुशीसाथ विवाह गर्ने सर्त राख्नु भयो । सबै इच्छा पुरा गर्ने कडा आफुसँग रहेकोले तत्काल सर्त पुरा गर्छु भनेर वचनवद्ध भयो । माताले भगवान शंकरजस्तै राम्रो नाच्न सक्ने भएपश्चात मात्रै विवाह गर्ने प्रस्ताव राख्नु भयो । भष्मासुरले आफु नाच्न नजानेकोले सिकाउन अनुरोध गर्यो । माताले कुरा र हाउभाउबाट मोहित बनाउँदै नाच्न सिकाइन् । सिकाउने क्रममा आफ्नो हात शीरमाथि राखेर भष्म भनिन् । नकल गरिरहेको नन्दाल पनित्यस्तै गर्यो । फलस्वरुपः कडाको शक्तिले स्वयं भष्म भयो । अर्को जन्ममा नन्दा बाछोको रुपमा जन्मियो । भगवान शंकरले उसको आत्मा चिन्नेर त्यसको नाम नन्दी राख्दिनु भयो । नन्दाले अर्को जन्ममा पनि नन्दी बनेर भगवान शंकरको पिछा छोडेन ।

भगवान शंकर अति दयालु हुनुहुन्थ्यो । कसैको दुःख देख्न नसक्ने हुदा गाउँलेको समस्या सुल्झाउनमानै दिनरात बित्न लाग्यो । ब्यक्ति विशेषको समस्यादेखि प्राकृतिक प्रकोपका घटनाहरू जस्तै आग नियन्त्रण, बाढीपैरो, अतिवृष्टि, अनावृष्टि आदिमा वहाँको दिनचर्या बित्यो । मानवको समस्या भने घट्नुको साटो बढ्दो थियो । एउटा समस्या समाधान गरेर जान्थ्यो, तुरुन्त दुईवटा समस्या लिएर फर्किहाल्थ्यो ।

मान्छेका इच्छा आकांछा बढ्दै गए, वहाँले यथासम्भव सबैको इच्छा पुरा गर्दै जानु भयो । संसारको ब्यथामा यति हराउनु भयो कि सदाशीवलाई समेत भुल्नु भयो एकछिन ध्यान बस्ने फुर्सद भएन । तर यसको विपरित मान्छेको समस्या घट्नुको साटो बढ्दो थियो । कतिपय कुराहरू प्राकृतिकोविपरित कार्यहरू गराउन खोज्थे । नन्दीलाई हेर्दै भक्त नन्दाको घटना सम्झिनु भयो । सबै स्वार्थी थिए । अहिले पनि नन्दाले नन्दीको रुपमा पिछा गर्न छोडेको थिएन । वहाँलाई दिक्क लाग्यो र पलायन हुने विचार गर्नु भयो । कहिले कता एउटा भेषमा,कहिले कता अर्कै भेषमा, यताउति छल्दै हिँड्न लाग्नु भयो । तर उनलाई मानवले पछ्याउन र समस्या तेर्स्याउन छाडेनन् । आफु र मातापार्वतीलेभेष परिवर्तन गरे पनि नन्दीको कारण मान्छेले फेला पारिहाल्थे । अनि समस्या ज्योंको त्यों हुन्थ्यो । कैलाशपर्वतबाट प्रभु अन्यत्र लाग्नु भयो । वहाँ अघिअघि र समस्याग्रस्त मान्छेको भिड पछिपछि हुन्थ्यो । कतै आरामले ध्यान बस्न पाउनु भएन । यो क्रम जारी नै रहयो ।

श्रावण महिनाको सोमबारको दिन थियो । भगवान शंकर माता पार्वतीसंगै नदिको किनारमा ध्यानस्थ हुनुहुन्थ्यो । ध्यान दृष्टिमा टाढैबाट मानिसहरूको भिड देखा पर्यो । भिड वहाँलाई नै खोज्दै नजिकैआइसकेको थियो । भगवान शंकरले माता पार्वतीलाई भेष परिवर्तन गरी जंगलभित्र लुक्न अह्राउनु भयो । माता पार्वतीले जंगलका पात र लहराको प्रयोग गरी कपडा र चुरा बनाएर आफुलाई जंगलभित्र लुकाउनु भयो । त्यही भएर श्रावण महिनामा यसभेगका महिलाहरूले हरियो पहिरन र चुरा लगाउने चलन रहेको छ ।

भगवान शंकर आफुलाई लुकाउन शीवलिङ्ग साथमा लिएर नदीभित्र पस्नुभयो । तर किनारमा कुरेर बसिरहेको नन्दीको कारण मान्छेहरूले स्थान पत्ता लगाइहाले । जलभित्र समेत वहाँको खोजी भयो । केही उपाय नदेखेर भगवान शंकर मन्त्र शक्तिको बलले शीवलिङ्गभित्र प्रवेश गर्नुभयो । खोजको क्रममा मान्छेहरूले शीवलिङ्ग मात्रै फेला पारे । भगवान शंकरको अत्तोपत्तो थिएन । शिवलिङ्गलाई छाडेर नन्दी कतै जान नमानेकोले मान्छेहरूलाई शंकालाग्यो । पक्कै पनि भगवान शिवलिङगभित्र लुकेको हुनुपर्छ भन्ने लख काटियो । तर परिस्थिति अफ्ठ्यारो थियो । शिवलिङ्गभित्र हेर्ने र वहाँलाई निकालने कुनै प्वाल थिएन । ठूलो विचार विमर्श गरेर जुक्ति निकालियो । वहाँलाई आवहान गर्दै शिवलिङगमाथिबाट लगातार पानीको धार दिने । जसले गर्दाधारले शिवलिङ्गमा प्वाल पार्छ र वहाँलाई बाहिर निकाल्न सकिन्छ । फलस्वरुप, मानिसहरूले नदिबाट पानी ल्याउएर बोलवमको आवहान गर्दै शिवलिङगमाथि पानीको धार दिन थाले ।

यो देखेर भगवान शंकरलाई झनै विरक्त लाग्यो । वहाँले सदाशिवलाई स्मरण गर्दै सहयोगको लागि पुकारनु भयो । वहाँको अन्तरात्मामा सदाशिवको संदेश सुनियो– ‘महादेव तिमी जहाँ गए पनि मानवहरूले पछ्याउने छन्, संसारको जुनसुकै स्थानमा गएर लुके पनि यिनीहरूले भेटाउने छन् । तिमी यिनीहरूको हृदयभित्र बस, आफ्नो हृदयमा खोज्ने मानवहरूको बानी छैन् । त्यहाँ तिमी आन्नदले बस्न सकने छौ ।’ तत्क्षण भगवान शंकर माता पार्वतीको हृदयमा सुक्षमरुपमा प्रवेशगरेर आफ्नो वास्तविकरुपको दर्शन दिनुभयो । त्यसैले मानव शरिरमा रहने सात चक्रहरू मध्ये हृदयचक्रमा भगवान शंकरको वासस्थान मानिन्छ ।

सत्ययुगको अन्तयतिर भएको यस घटनामा भगवान शंकरले पञ्चमहाभूतको लिलामय देह शिवलिङ्गभित्र छाडी शिवलोक जानुभयो । यस घटनाले माता पार्वतीलाई मर्माहात बनायो । चिन्ता र शोकमा वहाँले अन्न त्याग गर्नु भयो । एक प्रकारको हडताल जस्तै थियो । अनौठो घटनाको खबर पर्वतराजाकोमा पुग्यो । पर्वतराजाले छोरीलाई ल्याउन भाइहरू पठाए । लगभग महिना दिन नपुग्दै उनी माइतिघर आइपुगिन् । उनको अवस्था विक्षिप्त थियो । माता पार्वतीलाई भेटन उनका साथीहरू टाढाटाढाबाट जम्मा भएका थिए । राम्राराम्रा पहिरनमा नाचगान गरेर र बचपनका घटनाहरू सुनाएर माता पार्वतीको मन भुलाउने कोशिश गर्थे । तर सबै कोशिश ब्यर्थ हुन्थ्यो । माताको मनमा भगवान शंकरको मात्र चिनतन् थियो । केही दिनमै वहा“ले फलाहार पनि त्याग गर्नुभयो । अत्यन्तै कम्जोर बनेकी माता दितीयाको साँझ मूर्छित अवस्थामा पुग्नुभयो । साथीहरूले वहाँलाई होसमा ल्याए र फलाहर गराउन खोजे तर मान्नु भएन । वहाँले नखाएसम्म साथीहरूले पनि केही नखाने र ज्यान दिने कसम खाए । वाध्यतावश वहाँले थोरै फलाहार गर्नु भयो जसलाई अहिले दर भनेर भनिन्छ ।

तृतीयाको दिनभर माताले जल पनि ग्रहण गर्नुभएन । कसैले सम्झाएर सकेनन् । चतुर्थीको बिहानै भगवान गणेश मावल आइपुग्नु भयो । माताको स्थिति दयनिय थियो । यसै दिनलाई गणश चतुर्थी भनिन्छ । भगवान गणेशले ब्रह्मा, विष्णु र महेशलाई सहयोगको लागि आवहान गर्नु भयो । पञ्चमीको बिहानै तीनैदेवहरू ऋषिको भेषमा दरवार आइपुगे । माताले भगवान शंकरलाई नचिन्ने कुरै भएन । वहाँ धेरैबेर रुनुभयो र सोध्नुभयो– ‘प्रभुः मबाट के भूल भयो र मलाई एक्लै छोडेर शिवलोक जानु भयो ? हजुर त समर्थवान हुनुहुन्छ ? मलाई पनि आफुसँगै लिएर जानुहोस् ।’ भगवान शंकरले भन्नुभयो– ‘पार्वती यो संसारमा दुईवटा कुरा अकाट्य छन् । एउटाः कर्मको फल भोग्नै पर्छ र दोश्रोः लेनदेनको हिसाब बराबर गर्नै पर्छ । यो हामी तीनैदेवको समर्थभन्दा बाहिरको कुरा हो । त्यसैले तिमीले कर्मको फल भोगगरेर हिसाब बराबर गरेपछि मात्र मसँग जान सक्छयौ । त्यसपछि पार्वती माताले सोध्नुहुन्छ– ‘स्वामी मैले के त्यसतो कर्म गरेकी थिएँ र अहिले यसतो फल भोग्न बाध्य भएँ ?’ भगवान शंकर भन्नुहुन्छ– ‘पार्वती तिमी पूर्वजन्ममा सति थियौ । त्यतिबेला तिम्रो र मेरो विवाह भएको थियो । कारणवश तिमीले विचैमा आत्मदाह गर्यौ र मलाई ठूलो पीडा दियौ । जति दिन म तिम्रो यादमा छट्पटाएर विताए त्यति नै तिमीले एक्लै बिताउने छौ । जुन दिन तिम्रो र मेरो हिसाब बराबर हुनेछ त्यही दिन तिमीलाई सँगै लैजान सक्ने छु । विश्वास गर म सधै तिम्रो हृदयमा रहने छु र हाम्रो मिलन छिट्टै हुनेछ । भगवान शंकरको यस कुराले माता पार्वती प्रशन्न हुनुभयो । छिट्टै पुनरमिलन हुने आशमा राम्रा वस्त्र धारण गरेर ऋषिहरूको पुजा आरति गरी प्रसाद ग्रहण गर्नुभयो । यसखुशीयालीमा सबै साथीसंगिनीहरू खुलेर नाचगान गरे । तीसदिनसम्म घटेको माता पार्वतीको हठ र हडतालले पञ्चमीको बिहान ऋषिको रुपमा भगवानको दर्शनप्राप्त भएको र छिट्टै पतिदेवसँग मिलन हुने आश र विश्वास भएको दिनलाई सम्झन अहिलेपनि हाम्रा दिदीबहिनीहरूले हरितालिका तीज मनाउँदै आएका छन् । इति ।।साभार – विष्णु बस्नेत

कमेन्ट गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *