The news from New Generation with new vision.

हुम्लाको व्यासी थपाल्या समुदायको उत्पादन प्रणाली …..

नन्द बहादुर ऐडी : हुम्लाका व्यासी थपाल्या समुदायको उत्पादन प्रणाली गुजारा प्रवृत्तिको छ। वर्षै भरि काम गर्दा पनि खान लाउनको लागि मात्र पुग्दछ। हुनत उचित बजार व्यवस्थापनको अभावले पनि होला उत्पादित कतिपय वस्तुहरु थन्किएर बसेका छन् । जस्तो हुम्लामा वाषिर्क उत्पादन हुने करिव ६० हजार क्वीन्टल आलुमा ४० क्वीटल आलु व्यासी थपाल्या समुदायले उत्पादन गर्ने गरेको पाईन्छ।

हुम्लाको उत्पादन प्रणालीमा प्रमुख श्रोतको रुपमा रहेको यस समुदायमा स्थानीय उत्पादन त हुन्छ तर गुजरा प्रवृत्तिको मात्र । यस समुदायले उत्पादन गरेको उत्पादकत्वको उचित बजार व्यवस्थापन गर्ने हो

                                 (हुम्लामा परम्परागत रुपमा उत्पादन हुर्दै आएको चिनो)

भने सो उत्पादनले राज्यमा महत्वपुर्ण भूमिका खेल्ने कुरा विज्ञहरुको भनाई रहेको छ । हुम्लाका व्यासी थपाल्या समुदायले गर्दै आएका उत्पादनमा धान, गहु, मकै, कोदो, जौ, उवा, मास्र्या, फापर खाद्यबालीका रुपमा रहेका छन् भने आलु, सिमी, चोती, कोईरा, फर्सी, काक्रो, भटमास, मास, गहत आदि नगदे तथा तरकारी बालीका रुपमा रहेका छन्।

हुम्लाको कुल उत्पादनमा ४० प्रतिशत व्यासी थपाल्या समुदायले नै गर्ने एक अध्ययनले देखाएको छ । ५० हजार ८ सय ५८ कुल जनसंख्या रहेको हुम्लामा करिब ८ हजार जनसंख्या यस व्यासी थपाल्या समुदायको नै रहेको छ।

यस समुदायका पुर्खाहरु उर्वर भुमी एवं जंगल र मलिलो माटो भएको स्थानमान आफनोृ बसोवास स्थल बनाएकोले गर्दा हाल सम्म यस समुदायलाई दैनिक गुजाराको लागि खासै अप्ठेरो परेको छैन् । पहिले देखि नै यस समुदायले हुम्लाका ठकुरी बाहुन दलित लगायतका समुदायका मानिसलाई खाद्यन्न बाली दिएर सहयोग गर्दै आएको कुरा त्यस समुदायको बुढापाकाहरु बताउदै आएका छन् ।

व्यासी थपाल्याको वास्तविक अर्थ यकिन हुन् नसके पनि स्थानीय बुढापाकाका अनुसार दार्चुलाको व्याँस क्षेत्र आसपासमा पौख्यौली बास स्थान भएको र सिकार, व्यापार लगायत विभिन्न कारणले घुम्दै फिर्दै हुम्ला सम्म पुगी त्यहाँको उर्वर भूमी रोडिकोट, गोठिको लेक क्षेत्र, मेल्छाम,बराई, राया, स्याडा, श्रीमस्ठा, मिमी, मदना, मैला, कालिका लगायतका गाविसहरुको विभिन्न भूभागमा बसोवास रहेको यस समुदायले अन्य समुदायलाई पाल्दै आएको छ ।

अन्य समुदायलार्य पाल्दै आएकोले आफू पालिएर अरुलाई पाल्ने समुदायको रुपमा परिचित छ । थप अन्य लाई पाल्ने हुनाले थपपाल्ने हुदै थपाल्या हुन गएको हो भन्ने भनाई पनि रहेको छ ।यस  समुदायको उत्पादन संरचना परम्परागत गुजारा प्रवृत्ति भएकोले खान लाउनको लागि मात्र पुग्ने गर्दछ । अहिलेको विश्व भुमण्डलीकरणले गर्दा जलवायु परिवर्तन जस्ता विकराल समस्याले हावापानी छिन छिन्मा परिवर्तन भई पहिलेको जस्तो उत्पादन प्रयाप्त मात्रमा नहुने कुरा स्थानीयहरुले बताउदै आएका छन् ।

आधुनिक कृषि प्रणालीको अभाव, सिचाईको अभाव, बालीमा लाग्ने विभिन्न रोग सम्बन्धी ज्ञानको अभाव, माटो र मल व्यवस्थापनको ज्ञानको अभाव लगायतका समस्याले गर्दा यो समुदायमा हाल कृषि उत्पादन दिनानु दिन घटदै गएको पाईन्छ ।

हुम्लाको व्यासी थपाल्या समुदायलाई कृषि र पशुपालनको आधुनिक प्रविधीको ज्ञान सिप लगायत आवश्यक तालिम र त्यसका सामाग्री उपलब्ध गराउन आवश्यक छ । सो समुदायले उत्पादन गरेका वस्तुलाई उचित बजार व्यवस्थापनको पनि ध्यान दिने हो भने भोलीका दिनमा यसले राज्यकै उत्पादन प्रणालीमा आफनो पहुँचको वृद्धि गरि आफनो जिविकोपार्जनलाई थप विकसितका साथै सहज बनाउने थिए। (लेखक  – तारकेश्वर आवाजका प्रकाशक सम्पादक हुन्)

कमेन्ट गर्नुहोस्
सम्बन्धित पाेष्टहरु