हिजोआज फेसबुकमा भाईरल पाँच फोटाहरु, जसको यस्तो छ वास्तविकता

काठमाडौँ, ३१ साउन । बाढीले नेपाललाई आक्रान्त बनाइरहेको बेला फेसबुकमा र ट्विटरमा भारतदेखि बंगलादेश र चीनसम्मका फोटोहरु राखेर यसरी झुक्याइयो हेर्नुहोस त्यस्ता केहि वास्तविक फोटोहरु यस्ता छन्। पाँच फोटोहरुको वास्तविकता यस्तो छ।

फोटो नम्बर १
तराईको विजोग भनेर भाइरल भएको यो फेक फोटो

 

वास्तवमा यो माथिको फोटो भारतको विहार राज्यको किशनगञ्जको हो।

फोटो नम्बर २

बाढी पिडितलाई उद्दार गर्दै नेपालि सेना भनेर भाइरल भएको फेक फोटो

वास्तविक यो फोटो केहि वर्ष पहिले चीनमा चिनियाँ जनमुक्ति सेनाले बाढी आउदा स्कुले बालबालिकालाई उद्दार गरेको फोटो हो !

फोटो नम्बर ३

बाढीले तराई डुवानमा भन्दै भाइरल भनेको फेक फोटो

खासमा यो नेपालको तराईको नभएर बंगालादेशको फोटो हो !

फेक नम्बर ४

बाढीले बगाएपछि फालेको चप्पलको साहारामा जीवन बचाउदै एकजोडी चल्ला भन्दै निक्कै भाइरल यो तस्विर

वास्तविक यो तस्बिर भारतको हैदारावादमा २०१६मा आएको बाढीको तस्विर हो !

फोटो नम्बर ५

फेसबुकमा निकै सेयर भइरहेका फोटोहरु मध्ये यो पनि एउटा हो।

तर यो फोटो पनि नेपालको नभएर बंगलादेशको चक्रवातपीडितको हो। हेर्नुस् ओरिजिनल फोटो – नयाँबाटोबाट साभार

कमेन्ट गर्नुहोस्