नेपालमा फेरी अर्को जहाज, आजैबाट श्री एयरलाइन्सले थाल्यो उडान

काठमाडौं, २७  साउन । श्री एयरलाइन्सले फिक्स्ड विङ जहाजबाट नियमित उडान सुरु गरेको छ । चार महिनादेखि नेपाल ल्याइएका तीनओटा जहाजबाट शुक्रबारदेखि उडान सुरु गरेको हो। लामो समय अनुमति नपाएको एयरलाइन्सलाई नेपाल उड्डयन प्राधिकरणले विहीवारमात्र वायुसेवा सन्चालन तथा अनुमति प्रमाणपत्र दिएको थियो।

१८ वर्षदेखि ठूलो हेलिकोप्टर सेवा प्रदायक कम्पनी श्री एयरलाइन्सले तीनओटा जहाज नेपाल ल्याएको छ। क्यानडाको जहाज निर्माता कम्पनी बम्बार्डिइरद्वारा निर्मित ७० सिटको क्यानडियन रिजनल जेट (सीआरजे ७००) सिरिजको एकथान र ५० सिटे (सीआरजे २००) सिरिजका दुईथान जहाज ल्याएको एयरलाइन्सका प्रबन्ध निर्देशक सुधीर मित्तलले जानकारी दिए।

एयरलाइन्सले शुक्रबारदेखि भैरहवा र नेपालगन्जमा उडान सुरु गरेको छ। भद्रपुर, विराटनगर धनगडीमा पनि छिटै नै उडान सुरु गर्ने एयरलाइन्सका कर्पोरेट म्यानेजर अनिल मानन्धरले बताए। यी सबै जहाजमा जेट इन्जिन जडान गरिएको जनाइएको छ।

भैरहवा उडानका लागि एकतर्फी प्रतियात्री करसहित ५ हजार ९१३ रुपैया र नेपालगन्जका लागि ९ हजार ३६५ रुपैयाँ भाडादर तोकिएको जनाइएको छ।

कमेन्ट गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *