एमाले नेता माधव नेपाल युद्धको तयारीमा रहेको उत्तर कोरिया प्रस्थान

गते प्रकाशित

काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपाल शुक्रबार उत्तरकोरिया प्रस्थान गर्नुभएको छ। उत्तर कोरिया सरकारको निमन्त्रणामा पूर्वप्रधानमन्त्री नेपाल अपराह्न त्यसतर्फ प्रस्थान गर्नुभएको उहाँका स्वकीय सचिव नितेश पौडेलले जानकारी दिनुभयो।

‘इन्टरनेशनल फेस्टिभल इन प्रेज अफ ग्रेट पर्सन्स अफ माउन्ट पेक्तु’ नामक कार्यक्रममा सहभागी हुन नेपाल सांसदहरुको नेतृत्व गर्दै जानुभएको हो।

टोलीमा नेकपा माओवादी केन्द्रका हरिबोल गजुरेल, नेपाल परिवार दलका एकनाथ ढकाललगायत सांसद हुनुहुन्छ । टोली एक सातापछि स्वदेश फर्कने छ

कमेन्ट गर्नुहोस्

तपाईं हामीसंग फेसबुक,र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।