गाई काटेको अभियोगमा पोखरामा दुईजना पक्राउ

गते प्रकाशित

काठमाडौँ । गाई काटेको अभियोगमा यहाँ दुई जनालाई पक्राउ गरिएको छ । पोखरा लेखनाथ महानगरपालिका–२४ स्थित शेराको जङ्गलमा गाई काटेको अभियोगमा स्थानीयवासी ५४ वर्षीय रामबहादुर नेपाली र ३६ वर्षीय कृष्ण नेपालीलाई पक्राउ गरेको क्षेत्रीय प्रहरी कार्यालयले जनाएको छ।

जङ्गलमा गाई काटेको सुराकीका आधारमा सो स्थानमा पुगेको प्रहरी टोलीले गाईको टाउको, खुट्टा र आलो मासुसहित पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक विश्वबन्धु पोख्रेलले जानकारी दिनुभयो।

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   कोशी नदीमा ट्रक खस्यो, २ जनाको मृत्यु

तपाईं हामीसंग फेसबुक,र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।