रेडियो खोल्दा भयो विस्फोट, एकको मृत्यु

काठमाडौं, २ असार । भारत राजस्थानमा एक व्यक्तिले रेडियो अन गर्नासाथ विस्फोट भएको छ । विस्फोट यति ठूलो थियो कि ती व्यक्तिको शरिरको अंगहरुनै छुटिएका थिए ।

समाचारहरुका अनुसार विस्फोटमा मृत्यु हुने व्यक्तिको नाम देवीलाल थियो । देवीलाल आफ्नी पत्नी तथा बच्चाका साथ उदयपुरको गडिया देवरा क्षेत्रमा बस्थे । देवीलाल एक कार मेकानिक्स थिए ।

घर आएसँगै देवीलाले रेडियो अन गरे तर विस्फोट भयो । विस्फोट भएसँगै त्यसको कारण पत्ता लगाउन प्रहरी जुटेको छ ।

कमेन्ट गर्नुहोस्