किन हल्का बन्दै छ NRNA शब्द, यस्तो हो यथार्थ

लक्ष्मण गैरे
केही दिन अगाडी एकजना आन्टीले खुशी व्यक्त गर्दै भन्दै हुनुहुन्थ्यो, ” मेरो छोरीलाई त एनआरएन केटो हेर्न आउंदैछ” । उहाँसंग बसिरहनु भएकी आमाले भन्नुभयो, ” हो र ? मेरो छोरो पनि एनआरएनएको चुनावमा उठेको छ नि अहिले, चुनाव हुँदैछ र के त्यहाँ ! ” यी संवादले मलाई घोरिन बाध्य बनायो, के एनआरएन र एनआरएनए शब्द यति सस्तो भएकै हो ? के यी शब्दहरु अब छोरी माग्न जाँदाको लागि हतियार र चुनावी माहोलमा बनाउन सकिने राजनीतिक परिचय बनेकै हुन् ?

आखिर के हो त एनआरएन भनेको ? इमान्दारी पूर्वक भन्नुपर्दा म आजसम्म राजनीतिमा संलग्न भएको छैन र राजनीति भित्रको चुरो कुराको बारेमा अनभिज्ञ नै छु । मैले एनआरएनएलाई राजनीतिबाट टाढा रहेको एक विशुद्ध सामजिक उद्देश्य बोकेको संस्था भनेर लिन्थें । मेरो त्यो अबुझपन देखेर अहिले आफैलाई आफैप्रति दया जागेको छ ।

एनआरएनएको लागि हुने यो कुर्सिको तानातानले त यस संस्थालाई राजनीतिक पार्टी भन्दा फरक परिचय दिएन। यसको प्रभाव हालै सम्पन्न जापानको निर्वाचनमा समेत देखियो। यो सबै केको लागि ? व्यक्तिगत स्वार्थको लागि भनेर बुझाउन भने, यो त सम्पूर्ण नेपालीहरुको हीतको लागि गठन गरिएको एउटा संस्था होईन र ?

यसरि तछाड मछाड गरेर गठन गरिने एनआरएनएको कार्य र उद्देश्यहरु के हुन सक्छन् रु नयाँ विद्यार्थीहरुलाई विशेषगरि नेपाली रेष्टुराँमा काम लगाइदिने अनि ट्रायल भनेर उनीहरुको तलब आफूले खाने प्रचलन, तल्लो पोस्टका नेपालीहरुलाई हेप्ने प्रवृत्ति, आफूलाई राम्रो देखाउन अर्को नेपालीको नराम्रो अफवाह फैलाउने बानी आदि लुकाउन नसकिने तीतो यथार्थ हुन् ।

के यो एनआरएनएले उठाउनु पर्ने मुद्दा होइन ? के सामाजिक सेवाको नाममा रातदिन नभनी पसिना बगाइरहेका नेपालीहरुबाट पैसा उठाउनु मात्र एनआरएनएको काम हो रु राजनीतिभन्दा टाढा रहेको म जस्तो सामान्य मानिसको बुझाइमा एनआरएनए को परिचय भनेको व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर सम्पूर्ण नेपालीहरुको हीतमा काम गर्नु हलै जापानकै सन्दर्भमा कुरा गर्दा, यहाँ हजारौं नेपालीहरु बिचल्लीमा परिरहेका हुन्छन्, र तीमध्ये पनि अधिकांश विद्यार्थी हुन्छन् ।

यदि एनआरएनएले संस्थाको उद्देश्य अनुरुप नै काम गर्ने हो भने, विद्यार्थीहरुलाई प्राथमिकतामा किन नराख्ने रु एजुकेन होल्डरहरुलाई त यहींको सरकारले पनि सुविधाहरु दिइरहेको हुन्छ । कैयौं विद्यार्थीहरु नेपालबाट कन्सल्टेन्सीबाट ठगिएर आएका हुन्छन् र यता आएपछि आफ्नै मान्छेहरुबाट ठगिन्छन् । यहाँको तीतो यथार्थ हो की, नेपालीबाट नेपालीहरु नै ठगिएका छन् ।

नयाँ विद्यार्थीहरुलाई विशेषगरि नेपाली रेष्टुराँमा काम लगाइदिने अनि ट्रायल भनेर उनीहरुको तलब आफूले खाने प्रचलन, तल्लो पोस्टका नेपालीहरुलाई हेप्ने प्रवृत्ति, आफूलाई राम्रो देखाउन अर्को नेपालीको नराम्रो अफवाह फैलाउने बानी आदि लुकाउन नसकिने तीतो यथार्थ हुन् । के यो एनआरएनएले उठाउनु पर्ने मुद्दा होइन रु के सामाजिक सेवाको नाममा रातदिन नभनी पसिना बगाइरहेका नेपालीहरुबाट पैसा उठाउनु मात्र एनआरएनएको काम हो रु हजारौं नेपालीहरु यहाँ आफ्ना पीडा बोकेर, पढाइको फि तिर्न नसकेर, काम नपाएर, अरुबाट ठगिएर हिंडिरहेका हुन्छन् ।

यिनीहरुको व्यथा सुन्ने संस्था एनआरएनए होइन ? यिनीहरुले आफूलाई नै बिर्सनुभन्दा पहिले उनीहरुको पहिचान बनाउन सहयोग गर्नु एनआरएनएको कर्तव्य होइन रु यी नेपालीहरुलाई दुस्खको समुद्रबाट निस्कन सहयोग गर्ने मानवताको उद्देश्य एनआरएनएले बोकेको छैन ? कतै त्यो समुद्रमा डुब्दा डुब्दै उनीहरुको सास नै नजाओस् , सास गैसकेपछि समवेदना प्रकट गर्न त आफ्नै शत्रुले पनि गर्छ।

अनि यहाँ अझ सबैभन्दा ठूलो डर त दुई अनुहार लिएर हिड्ने मान्छेहरुको जमातले गराइरहेको छ । खोक्रा आश्वासन र झुटो अपनत्व देखाएर भित्रबाट लुट्ने मानिसहरुको जरो उखेल्न एनआरएनएले सक्नुपर्छ । यी मानिसहरुले समुदायमा एक किसिमको त्रास मच्चाईरहेका छन् । सांस्कृतिक कार्यक्रम गरेर मात्र, कलाकारलाई स्टेजमा बोलाएर मात्र नेपालीहरुलाई ताली बजाउने बनाउने होइन कि , यसका कामहरुले नेपालीहरुले स्वस्स्फुर्त रुपमा ताली बजाउने बन्न सक्नुपर्छ एनआरएनए ।

निर्वाचनको बेला उम्मेद्वारले ती एजेन्डा र योजना बनाउने समय यी कामहरुमा लगाएको भए चुनाव प्रचारप्रसारको पनि आवश्यकता पर्दैनथ्यो सायद । त्यस्तै विद्यार्थीहरुको लागि दुर्घटना सम्बन्धि सचेतना कार्यक्रम, नैराश्यताबाट निस्कने परामर्श कार्यक्रम आदि गर्न किन सक्दिन एनआरएनए रु एउटा हेल्प डेस्कले मात्र पनि विद्यार्थीका धेरै समस्याहरु समाधान हुन सक्छन् । तर यहाँ त अरुको समस्या सुन्ने फुर्सद कसैलाई छैन ।

निर्वाचनको बेला उम्मेद्वारले ती एजेन्डा र योजना बनाउने समय यी कामहरुमा लगाएको भए चुनाव प्रचारप्रसारको पनि आवश्यकता पर्दैनथ्यो सायद । अर्को प्रवृति यहाँ मौलाउंदै गएको भनेको, एक अर्काको खुट्टा तान्नु, आफूले पनि काम नगर्नु र अरुलाई पनि काम गर्न नदिनु हो । निर्वाचनले नै यसको उदाहरण पस्किसकेको छ, उम्मेदवारहरुले एनआरएनए को सदस्य बन्नको लागि आफ्नै मान्छेहरुलाई कतिसम्म आग्रह गर्नुपर्यो ।

एनआरएनए नेपालीहरुको हीतको लागि खोलिएको संस्था हो भने सबै माननीय व्यक्तिहरुलाई आग्रह गर्न चाहन्छु की, यस संस्थालाई विशुद्ध सामाजिक संस्थाको परिचय राख्न दिनुहोस्, सम्पूर्ण नेपालीहरुको हीतमा काम गरिदिनुहोस्, विद्यार्थीहरुलाई सुन्ने प्रयास गरिदिनुहोस्, समुदाय भित्रकै अन्यायको विरुद्ध पनि आवाज उठाईदिनुहोस्, यहाँ कोही नेपालीको कारण अर्को कोही नेपाली मर्नु पर्ने स्थिति सिर्जना हुनबाट रोक्नुहोस् ।

यस्तो वातावरण सिर्जना गरिदिनुहोस् की, एनआरएनएलाई नेपालीहरुले आफ्नो संस्था सम्झिन सकुन् र हजुरहरुले सदस्यता लिनको लागि कसैलाई आग्रह गर्न नपरोस् । अन्त्यमा अर्को महत्वपूर्ण कुरा, एनआरएन शब्दलाई यति हल्का नबनाइदिनुहोस्, यसलाई सम्मानजनक शब्द बनाउन प्रयत्न गर्नुहोस् जसले गर्दा जापानमा छरिएर रहेका सबै नेपालीहरु एक हुन सकुन् । साँच्चै नै, यदि एनआरएनएले यी कार्यहरु गर्न आवश्यक प्रभावकारी पहल सुरु गर्छ भने सम्पूर्ण नेपालीहरु संस्थासंग हातेमालो गरेर अगाडी बढ्न हरदम तयार छन् ।

कमेन्ट गर्नुहोस्