साउने सोमबारः शिव मन्दिरहरुमा ब्रतालुको भीड

काठमाडौं । आज/ पहिलो साउने सोमबार । हिन्दु महिलाहरुले साउने सोमबारलाई विशेष धार्मिक दिनका रुपमा लिने गर्दछन् । साउने सोमबारमा महिलाहरुले भगवान शिवको उपासना गर्दै निराहार ब्रत लिने गर्छन् ।

साउने सोमबारका दिन निराहार ब्रत बसी शिवजीको पूजा अराधना गर्दा आफ्नो मनोकांक्षा पूरा हुन्छ भन्ने लोक मान्यता छ । साउन लागेपछि प्रायः हिन्दु धर्मावलम्बी महिलाहरु रातो, हरियो पहिरनका साथ चुरा र मेहन्दी लगाएर धार्मिक कार्यमा लाग्ने प्रचलन छ ।

यो महिना मेहन्दीको व्यापार राम्रो हुने गरेको छ । आज पहिलो साउने सोमबारका लिन राजधानी लगायत देशका विभिन्न स्थानका शिव मन्दिरहरुमा दर्शनार्थी महिलाहरुको घुइँचो लागेको छ ।

कमेन्ट गर्नुहोस्