सिंगापुरलाई ४ विकेटले हराउँदै नेपाली टोली विजयी

काठमाडौं, २ साउन : आइसीसी १९ वर्ष मुनिको विश्वकप छनोट क्रिकेट प्रतियोगिता अन्तर्गत सिंगापुरसँगको खेलमा नेपाल ४ विजकेटले विजयी भएको छ। सिंगापुरले दिएको ७४ रनको लक्ष्य १७।३ ओभरमा ६ विकेट गुमाएर भेट्टायो । १९५ बल बाँकी रहँदै नेपालले लक्ष्य भेटाएको हो।

यसअघि टस हारेर ब्याङिको निम्तो पाएको सिंगापुरले २९ ओभरमा सबै विकेट गुमाउँदै मात्र ७३ रन बनाएको थियो । ७४ रनको झिनो लक्ष्य पाएपनि नेपालले जीतका लागि भने संघर्ष गर्नुपर्यो । ओपनर सन्दिप सुनार १ र आसिफ शेख ४ रनमै आउट भए । तेस्रो नम्बरमा आएका प्रनित थापामगरले सम्हालिँदै २३ रनको योगफल बनाएपछि नेपाली टोलीका लागि जीत हासिल गर्न केही सहज भयो ।

नेपालका लागि अनिल शाहले १९ रन बनाए भने रोहित कुमार पौडेल ११ रन बनाएर आउट भए । बढी आश गरिएका दिपेन्द्र सिंह ऐरी २ रनमै आउट भए भने प्रकाश केसीले पनि ६ रन मात्रै बनाउन सके ।

यसअघि सिंगापुरका लागि ब्रिगु आयर सर्वाधिक ४२ रन बनाएका थिए । त्यस्तै सिन अग्रवाल ११ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले खासै रन बनाउन सकेनन् । बलिङमा नेपालका कप्तान सन्दिप लामिछाने एक्लैले ५ विकेट लिए । यस्तै शाहब आलमले २ किशोर महतोले २ विकेट लिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *