NRNA NCC को सातौं अधिवेशन : प्रदेश ५ बाट सदस्यमा बुद्ध पाण्डेको उम्मेद्वारी

चोम बिष्ट/नयाँ पुस्ता
कतार । रोजगारिको सिलसिलामा कतारमा रहनु भएका गुल्मी जिल्ला निबासी बुद्ध पाण्डे विगत लामो समयदेखि कतारमा कार्यरत रहदै, सामाजिक कार्यहरुमा निरन्तर सक्रिय हुदै गुल्मी सेवा समाज कतारको वर्तमान अध्यक्ष समेत रहनु भएका पाण्डे गुल्मी सेवा समाजमा मात्रै सिमित नरहि कतारमा रहेका जिल्ला स्थरिय संघ सस्था सङ संगै काम गर्दै आउदा कतारमा स्थापित संघ-सस्था समुदाय तथा गैर आवासीय नेपाली संघ कतारसँग पनि धेरै नजिक भएर काम गर्ने मौका मिलेको र यसलाई मैले सेवा गर्ने मौकाको रुपमा महसुस गरेको पाण्डेले बताउनु भयो।

पाण्डेले जिम्मेवारी भएर आगामी कार्यकालको कार्यसमितिमा नै रहेर सेवा गर्ने ईच्छा भएको हुदा गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारको आसन्न सातौँ अधिवेशनबाट निर्वाचित हुने २०१७-१९ कार्यकालका लागि प्रदेश नम्बर ५ को सदस्य पदमा उम्मेद्वार घोषणा गरेको सहर्ष जानकारी गराउदै सम्पुर्ण प्रदेश न ५ का जिल्ला सस्थाका प्रतिनिधि, वुद्धिजीवी तथा समाजसेवी महानुभावहरु समक्ष सहयोगको अपेक्षा सहित हार्दिक अपेल समेत गर्नु भएको बताउनुभयो।

साथै पाण्डेको नेतृत्वले सिङ्गो प्रदेश नम्बर ५ को प्रतिनिधित्व गर्दै सिङ्गो गैर आवासीय नेपाली संघको अभियानलाई पुर्णता दिन थप उर्जा प्रदान गर्ने र पुर्ण सहयोग, साथ र समर्थनको आशा सहित मेरो उम्मेद्वारी घोषणा गरेको बताउदै कतारमा कार्यरत सम्पुर्ण गैर आवासीय नेपाली दाजु-भाइ तथा दिदि-बहिनिहरु, व्यवसायी, वुद्धिजिवी, पत्रकार लगायत सम्पुर्णमा सहयोग समर्थनको लागि आह्वान समेत गर्नुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *