मलेसियामा लाखभन्दा बढी नेपाली गैरकानुनी

काठमाडौं, २ साउन । रोजगारीका लागि मलेशिया पुगेकामध्ये एक लाखभन्दा बढी नेपाली गैरकानुनी रुपमा बसिरहेको तथ्य फेला परेको छ । नेपाली कामदारको पछिल्लो अवस्था अध्ययन गर्न अघिल्लो साता मलेसिया पुगेको सरकारी टोलीले उक्त तथ्य फेला पारेको हो ।

वैदेशिक रोजगारीवाट घरपरिवारको आर्थिक अवस्था सुधार गर्ने उद्देश्यले मलेसिया पुगेका उनीहरु उतै गैरकानुनी हुँदा परिवार सदस्य तनावमा छन् । मलेसियामा लाखभन्दा बढी नेपाली गैरकानुनीलाई नागरिक दैनिकले मुख्य समाचार बनाएको छ ।

कमेन्ट गर्नुहोस्