१९ वर्षमुनिको विश्वकप क्रिकेट छनोट : नेपाल भर्सेस सिंगापुर

काठमाडौं, २  साउन : उन्नाइस वर्षमुनिको विश्वकप क्रिकेटको छनोट प्रतियोगितामा नेपाल र सिंगापुरबिच खेल भइरहेको छ । सिंगापुर क्रिकेट क्लबको मैदानमा भएको खेलमा नेपालले टस जितेर बलिङ गरिरहेको छ।

– नेपालका किशोर महतोले सिंगापुरका रोहन रंगराजनलाई शून्यमै आउट गरेका छन्।
– सन्दीप लामिछानेले सियन अग्रवाललार्इ अाउट गरे।
– सन्दीपले नै सिंगापुरका सिद्धान्तलार्इ पनि ११ बलमा ४ रन बनाउँदा अाउट गरे।

– नेपालका शाहव आलमले सिंगापुरका युवराज सिंहलाई आउट गरेका छन् ।
– सन्दीप लामिछानेले हन्सुल दीपलाई १ रनमा र आर्यमन सुनिललाई शून्यमा आउट गरे ।
– सन्दीपले सिंगापुरका जनक प्रकाशलाई पनि शून्यमै आउट गरेर आफ्नो पाँचौ विकेट लिए ।

नेपाल दुई वर्षअघि बंगलादेशमा भएको १९ बर्षमुनिको विश्वकप क्रिकेटको क्वाटरफाइनलसम्म पुगेको थियो । त्यो प्रतियोगितामा राम्रो प्रदर्शन गरेका कारण नेपाल र अफगानस्तानले यो छनोट प्रतियोगिता खेल्न पाएका हुन् ।
प्रतियोगिताको तयारीका लागि नेपाली टोलीले भारतको नोयडामा झण्डै ३ हप्ता तयारी गरेको थियो । त्यहाँ खेलेका ५ मध्ये तीन अभ्यास खेल नेपालले जितेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *