पत्नी आरजुले बुझाइन प्रधानमन्त्री देउवालाई ज्ञापन पत्र

गते प्रकाशित

काठमाडौँ । महिला सांसद समन्वय समितिले मन्त्रिपरिषदमा महिलाको ३३ प्रतिशत प्रतिनिधित्व सुनिश्चित गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाएको छ।

loading...

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार प्रधानमन्त्री देउवालाई भेट्दै समितिले मन्त्रिपरिषद बैठकमै उपस्थित हुने गरी महिलाको ३३ प्रतिशत सुनिश्चित गर्न माग गरेको हो।

महिला सांसद समन्वय समितिकी अध्यक्षको हैसियतमा प्रधानमन्त्री पत्नी एवं नेपाली कांग्रेसकी सांसद आरजु राणाले ज्ञापनपत्र बुझाएकी थिइन्। महिला सांसदहरुले महिलाको सुरक्षामा चुनौती बढ्दै गएको भन्दै त्यसमा विशेष ध्यान दिन पनि प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए।

सो अवसरमा प्रधानमन्त्री देउवाले महिला सांसदले राखेका मागलाई आफूले सकारात्मक रूपमा लिएको बताउँदै ती माग पूरा गर्न सक्दो प्रयास गरिने प्रतिबद्धता व्यक्त गरे। भेटमा सांसद आरजु देउवा, सीता नेपाली, कुन्ती शाही, ईश्वरी न्यौपाने र सीता गुरुङको पनि सहभागिता थियो।

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   बिपी राजमार्गमा टिप्पर आतंक, मन्त्रीकै गाडीलाई ठक्कर  
loading...

तपाईं हामीसंग फेसबुक,र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।