रामचन्द्रले बुझाए मन्त्रीमा ८ जनाको नाम

गते प्रकाशित

काठमाडौं, १ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले भोलि नै मन्त्रिमण्डल विस्तार गर्ने तयारी गरेका छन् । प्रमुख दल नेपाली कांग्रेसभित्र बरिष्ठ नेता रामचन्द्र पौडेलले आजमात्रै देउवालाई आफ्नो समूहबाट मन्त्री बन्नेहरुको नाम सिफारिश गरिसकेका छन्।

loading...

पौडेलले सिफारिश गरेका नामहरुमा बलबहादुर केसी, रामकृष्ण यादव, दिपक खड्का र राजन केसी रहेका छन् । त्यस्तै राज्यमन्त्रीमा क्रमश: सरिता प्रसाई गिरी, भरतबहादुर खड्का, जीवन परियार र रञ्जित कर्णको नाम पौडेलले देउवालाई बुझाएका छन्।

सत्तारुढ दल नेकपा माओवादी केन्द्रले पनि आजै पार्टीबाट सरकारमा जाने मन्त्रीहरुको नाम प्रधानमन्त्री देउवासामू बुझाउने तयारी गरेको छ। पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड थाईल्याण्डबाट आज फर्किएका छन्।

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   एमाले-माओवादी एकता अलपत्र : ओलीको ध्यान राजपा र फोरमतिर
loading...

तपाईं हामीसंग फेसबुक,र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।