अन्ततः राजपा नेपाल फुट्ने पक्का, को हुन कमाण्डर ?

काठमाडौं । ६ मधेसी दल मिलेर बनेको राष्ट्रिय जनता पार्टी नेपाल फुटको संघारमा पुगेको छ।

पार्टी एकीकरणदेखि असन्तुष्ट रहँदै तत्कालिन तमलोपाका उपाध्यक्ष हृदेयश त्रिपाठीको नेतृत्वमा राजपा नेपाल फुट्न लागेको हो। त्रिपाठीले राजपा नेपाल केही शीर्ष नेतालाई समेत साथमा लिएर नयाँ पार्टी घोषणा गर्दैछन्।

आइतबार भैरहवामा आयोजित नवलपरासीदेखि बर्दियासम्मको अगुवा कार्यकर्ता भेलाले राजपाबाट अलग हुने र नयाँ पार्टी खोल्ने निर्णय गरेको स्रोतले बतायो। नयाँ पार्टीको नेतृत्व हृदेयश त्रिपाठीले गर्ने भएका छन्। यसमा वरिष्ठ नेता सर्वेन्द्रनाथ शुक्ला पनि छन्।

यद्यपी औपचारिक घोषणा हुन बाँकी छ।

कमेन्ट गर्नुहोस्