पोखरामा “नो हर्न जोन” नमान्ने यातायात व्यवसायीको चेतावनी

पोखरा । हचुवाको भरमा विना पूर्वाधार राज्यलाई कर उठाउने गरी “नो हर्न जोन” घोषणा आफुहरुलाई मान्य नहुने गण्डकी अञ्चलका यातायात ब्यवशायीहरुले वताएका छन । यातायात ब्यवशायीहरुले पोखराको सडकको स्तरोन्नती, बसपार्क निर्माण, आइल्याण्डहरु नघटाइकन राज्यले कर असुल्नका लागी “नो हर्न जोन” आफुहरुलाई मान्य नहुने उनीहरुको भनाइ रहेको छ ।

ट्राफिक प्रहरीले राजश्व उठाउनका लागी साउन एक गतेदेखि पोखरालाई नो हर्न जोन बनाउने निर्णय आफुहरुले कुनैपनि हालतमा अवलम्बन नगर्ने र आफुहरुको सवारीलाई हर्न बजाएको बहानामा ट्राफिकले कारवाही गरेको खण्डमा सम्पूर्ण सवारी साधन सडकमै तेस्र्याएर विरोध गर्ने ब्यवशायीहरुले वताएका छन । नेपाल लोकतान्त्रिक यातायात व्यवशायी संगठन अञ्चल कमिटी गण्डकीले आयोजना गरेको यातायात ब्यवशायी भेलामा वोल्ने अधिकांश ब्यवशायीहरुले विना पूर्वाधार नो हर्न जोन आफुहरुलाई मान्य नहुने वताएका हुन ।

भेलामा वोल्दै यातायात ब्यवशायी तथा नेपाल यातायात राष्ट्रिय व्यवशायी महासंघका क्षेत्रिय संयोजक धर्मराज अधिकारीले ट्राफिक प्रहरीले दुइचार जना ब्यवशायीलाई भेला गरेर पोखरालाई “नो हर्न जोन”भनेर हर्न बजाएको खण्डमा सवारीलाई कारवाही गरे आफुहरुले त्यसको प्रतिकार गर्ने वताए ।

ट्राफिक प्रहरीले विभिन्न निकाय संग समन्वय गरेर पोखराको सडकको स्तरोन्नती, पोखरामा बसपार्क निर्माण, मुख्य मुख्य चोकहरुका आइल्याण्डहरु घटाउनुको साटो एकतर्फी ढंगबाट कर उठाउनकै लागी हर्न बजाउने सवारीलाई कारवाही गरे आफुहरुले सवारी सडकमा रोकेर विरोध गर्ने अधिकारीले वताए।

सरकारले प्रदान गर्न नसकेको सेवा सुविधाहरु आफुहरुले प्रदान गरिरहदा सरकारबाट अझैपनि विभिन्न बहानामा कारबाही गराउने र राजश्व संकलन गराउने काममात्र भइरहेको उनको भनाइ रहेको थियो । त्यस्तै पृथ्वीराजमार्ग वस सञ्चालक समितीका अध्यक्ष ऐन कुमार साईले यातायात ब्यवशायीहरु एकजुट हुन नसक्नु दुखद पक्ष भएको वताए । विभिन्न गुट उपगुट भएर यातायात ब्यवशायीहरु अगाडी वढिरहदा प्रतिस्पर्धीहरु संग सामना गर्न अफ्ठेरो परिरहेको साईले वताए ।

कमेन्ट गर्नुहोस्