कास्की आदर्श सेवा समाज युएइको अबुधाबीमा क्षेत्रीय भेला सम्पन्न

केदार कुँवर/नयाँ पुस्ता डटकम

यूएई । कास्की आदर्श सेवा समाज, युएर्इको अबुधाबी क्षेत्रको क्षेत्रीय भेला सम्पन्न भएको छ । हिजो शुक्रवार १४ जुलाइका दिन यूएईको अबुधाबीस्थित भान्छा घर रेष्टुरेण्टको सभाहलमा भएको उक्त भेलामा नेपाली समाज युएर्इका भुपु अध्यक्ष तथा वरिष्ठ समाजसेवी एवं कास्की आदर्श सेवा समाजयुएर्इका सल्लाहकार सदस्य श्री ज्ञानेन्द्र बहादुर कार्कीको प्रमुख आतिथ्यता रहेको थियो ।

गुल्मी सेवा समाजका संरक्षक कृष्ण गौतम विशेष अतिथी, समाजका सँस्थापक अध्यक्ष एवं वर्तमान सल्लाहकार संयोजक श्री गुप्तशेखर पौडेल, समाजसेवी तथा व्यवसायी भिम नारायण श्रेष्ठ, समाजसेवी व्यवसायी निर्मल कुमार पोख्रेलको उपस्थिती रहेको थियो।

त्यस्तै अतिथीमा सँस्थाका आजिवन सदस्य एवं समाजसेवी राजकुमार रानाभाट, केन्द्रिय उपाध्यक्षहरू राजेश श्रेष्ठ, सुरेन्द्र जिसी, महासचिव केदार कुँवर, कोषाध्यक्ष पुष्पराज अधिकारी, सचिव विकास अधिकारी, दुवइ क्षेत्रीय समितीका अध्यक्ष श्याम प्रसाद भण्डारी, केन्द्रिय सदस्यहरू मनोज गुरूङ, चन्द्रमोहन आचार्य, दुवइ क्षेत्रीय समितीकी उपाध्यक्ष नारायणी वाग्ले, महासचिव शिवराज वस्ताकोटी, सारजाह क्षेत्रिय समितीका कोषाध्यक्ष विनोद शाही, लगायतका केन्द्रिय तथा क्षेत्रिय समितीका पदाधिकारीहरूको उपस्थिती रहनुका साथै अन्य आजिवन सदस्यहरू तथा साधारण सदस्यहरूको बाक्लो उपस्थिती रहेको थियो ।

नेपाली राष्ट्रिय गानका धुनका साथबिधीबत रूपमा कार्यक्रमको उद्घाटन गरिए पछि आयोजकको तर्फबाट समाजका उपाध्यक्ष तथा उक्त सम्मेलनका संयोजक राजेश श्रेष्ठले स्वागत तथा शुभकामना मन्तव्य राख्नुभएको थियो । समाजका अध्यक्ष श्री मनोजकुमार सैंजुकोसभापतित्वमा सम्पन्न समारोहको कार्यक्रम संचालन महासचिव केदार कुँवरले गर्नु भएको थियो भने साथै समाजको स्थापनाका बारेमा प्रकाश पार्नु भएको थियो ।

शुभकामना मन्तव्यका क्रममा सँस्थापक अध्यक्ष तथा वर्तमान सल्लाहकार संयोजक गुप्तशेखर पौडेलले समाजले गरेका काम हरुको प्रसंसा गर्दै आगामी दिन हरुमा यस्लाई अझै अगाडी बढाउदै लैजानु पर्ने कुरामा जोड दिदै आफ्नो सहयोग निरन्तर रहने कुरामा बिस्वस्त पार्नु भयो भने तेस्तै शुभकामना मन्तव्यकै क्रममा विशेष अतिथी गुल्मी समाजका संरक्षक कृष्ण गौतमले सामाजिक गतिबीधीमा यस समाजको सक्रियताको खुलेर प्रशंसा गर्दै आफुले व्यक्तिगत रूपमा तथा सँस्थागत रूपमा सहकार्यका लागी हातेमालो गर्ने कुरा जनाउँदै अब बन्ने अबुधाबी क्षेत्रिय समितीले जुझारू कार्यसमिती चयन गर्ने कुरा व्यक्त गर्दै बन्ने कार्यसमितीलाइ अग्रिम बधाइ पनि दिनुभयो ।

उक्त समारोहमा कास्की आदर्श सेवा समाजका सँस्थापक सदस्य तथा आजिवनसदस्य श्री रोशन काफ्लेको अध्यक्षतामा १५ सदस्यीय क्षेत्रिय समिती गठन गरिएको छ भने जसको उपाध्यक्षहरू श्री कृष्ण बहादुर केसी, श्रीमती सुमिता रसाइली, महासचिव श्री राहुल श्रेष्ठ, कोषाध्यक्ष सुश्रि निरू क्षेत्री,सचिव श्री नवराज तिवारी, सदस्यहरू श्री मिलन श्रेष्ठ, श्री सुनिल वस्नेत, श्री दिल बहादुर बस्नेत, सुरज पौडेल, श्री तारा बहादुर थापा मगर, श्री प्रकाश भारती, श्री नन्द कुमार गुरूङ, श्री अनिल वर्देवा र आशिष श्रेष्ठ रहनुभएको छ ।

प्रमुख अतिथी तथा सल्लाहकारकार्कीले कास्की जिल्लाबाट कामको सिलसिलामा युएर्इमा छरिएर रहेका कस्केली हरूलार्इ एउटै छाता मुनि संगठित रहन अपरिहार्य रहेको हुनाले यस समाजको स्थापना गरिएको जनाउँदै समाजले छोटो अवधीमा कृयाशिल रहि आफुलार्इ एक स्थापीत सामाजिक संस्थाको रूपमा परिचीत बनाउन सफल रहेको कुराको व्यख्या गर्दै सामाजिक कृयाकलापलार्इ तिव्रता प्रदान गर्नको लागी आफु सदा सर्वदा तयार रहेको कुरा व्यक्त गर्दै समाजको स्थापनाका उदेश्यहरू तथा भावी कार्ययोजनाहरूको बारेमा प्रकास पार्दै योजनाहरू मनन गरि हातेमालो गरि अगाडी बढ्न सुझाब दिदै, उपस्थीत कस्केली हरूमाझ संस्थाको महत्व र आवश्यकता बारेमा प्रष्ट पार्नु भएको थियो भने समाजले युएईमा कार्यरत रहेका कस्केली प्रति कस्तो भूमिका खेल्नु पर्छ, क्षेत्रिय समितिहरुको औचित्य, आबस्यकता र काम कर्तब्यहरुका बारेमा प्रकाश पार्नु भयको थियो ।

समारोहको अन्त्यमा कार्यक्रमका सभापति तथा केन्द्रिय अध्यक्ष श्री मनोजकुमार सैंजुले आफ्नो व्यस्तताको बाबजुद पनि समाजमा तल्लीन रहि साथ दिएकोमा कार्य समितीका पदाधिकारी तथा सदस्यहरूलार्इ धन्यवाद ज्ञापन गर्दै उपस्थीत कस्केलीहरूलार्इ संस्थामा समाहित हुन आग्रह हुन अपिल गर्दै नव गठित क्षेत्रिय समितीका पदाधिकारीहरूलार्इ सपथ गराउँदै कार्यसफलताको लागी अग्रिम शुभकामना व्यक्त गर्दै उक्त कार्यक्रम सफल तुल्याउनका लागि योगदान दिनुहुने समस्त महानुभावहरू तथा उपस्थित सबैलार्इ हार्दिक धन्यवाद तथा आभार प्रकट गर्दै कार्यक्रम समाप्त भएको घोषणा गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *