पोखरा : जारी कोकाकोला कपमा शनिबार सात खेलहरु सम्पन्न

पोखरा । पोखरामा जारी कोकाकोला कप अन्तर विद्यालय फुटबल प्रतियोगीतामा शनिबार सात खेलहरु सम्पन्न भएका छन् । शनिबारको खेलमा जुनियर सिटिजन ऐकेडेमीले ताराकुञ्ज माविलाई ट्राईबेकरमा ४—२, सैनिक आवासिय माविले सिद्धिविनायकलाई ट्राईबेकरमा ४—३, विन्दावासिनी माविले ज्ञानकुञ्ज माविलाई ३—०, ब्रह्माले स्नो भ्युलाई २—० गोल अन्तरले पराजित गरेको छ ।

यस्तै टप्स माविले पोखरा एकेडेमीलाई २–०, श्रीकृष्ण माविले कञ्चनजंगा बोर्डिङ् स्कुललाई ४—० र छोरेपाटन माविले पोखरा स्पाईरल ग्यालेक्सीलाई ४–० गोल अन्रतले पराजित गरेको छ । कास्की जिल्ला फुटबल संघको आयोजनामा अषाढ २७ गतेदेखी जारी प्रतियोगीता सुरु भएको मितिले १३ दिनसम्म जारी रहने छ।

प्रतियोगीतामा कास्कीका ६३ विद्यालय छात्रका ६३ तथा ६ छात्राको समुहले सहभागीता जनाएका छन् । विजेताले क्षेत्रिय, राष्ट्रिय र अन्तराष्ट्रिय प्रतियोगीता खेल्ने अवसर प्रदान गरिने छ । कास्की जिल्ला फुटबल संघका अधयक्ष धरम बहादुर लामीछाने कास्कीमा विद्यालय तहका विद्यार्थीहरुको रुचि अत्याधिक भएपनि प्रर्याप्त प्रतियोगीताहरु हुन नसकेको गुनासो गर्नुभयो ।

तर, यस्ता प्रकारका प्रतियोगीताहरुले विद्यार्थीको खेल विकासमा महत्वपुर्ण योगदान गर्ने खेल अधिकारीहरुले विश्वास गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *