जज र प्रतिस्पर्धीलाई रुवाउँदै नेपाल आइलबाट बाहिरिइन् मेनुका

काठमाडौं, ३० साउन ।  चर्चित बन्दै गएको रियालीटी सो नेपाल आइडलबाट झापाकी मेनुका पौडेल बाहिरिएकी छिन् । शुक्रबार भएको टप ११ को प्रतिस्पर्धामा दर्शकबाट कम भोट पाएको आधारमा उनी बाहिरिएकी हुन् ।

दृष्टिविहिन उनको गलाको चौतर्फी प्रशंशा हुँदै आएको थियो ।  शुक्रबारको प्रतिस्पर्धामा उनीसहित केन्जल मेहर श्रेष्ठ, निशान भट्टराई र सन्ध्या जोशी समेत डेन्जर जोनमा परेका थिए । तर जसमध्ये मेनुकाको सबैभन्दा कम भोट आएको भन्दै प्रतिस्पर्धाबाट बाहिरिएको घोषणा गरियो ।

मेनुका प्रतियोगिताबाट बाहिरँदा जजहरु न्ह्यू बज्राचार्य, इन्दिरा जोशी र कालीप्रसाद बास्कोटाका साथै अरु प्रतिस्पर्धी भावुक बनेका थिए ।
प्रतियोगितामा अब अर्को साता टप १० बीच प्रतिस्पर्धा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *