स्कुलमा पोर्न हेरिरहेकी ९ वर्षकी बच्ची, कारण यस्तो रहेछ

एजेन्सी । अमेरिकाको टेक्सासस्थित एक प्राथमिक विद्यालयमा पढ्ने ९ वर्षकी बालिकाले आफ्नो आइप्याडमा पोर्न फिल्म सर्च गरेर हेरेको कुरा शिक्षकले फेला पारे । यति सानो उमेरमा बालिकाले पोर्न हेरेको देख्दा शिक्षक आश्चर्यचकित भए । उनले पोर्न फिल्म हेर्नुको कारणबारे बालिकालाई सोधे।

जब ती बालिकाले आफुले पोर्न फिल्म किन हेरेको ? भन्ने कुराको जवाफ दिइन् तब त्यो जवाफ सुनेर सबै हैरान मात्र भएनन् उनीमाथि भएको एउटा गम्भीर अपराधको पोल पनि खुल्यो । उक्त स्कुलमा विद्यार्थीहरुलाई स्कुलले नै आइप्याड प्रदान गरेको थियो । विद्यार्थीहरुले दिनभर आइप्याड चलाउन पाउँथे । ती मध्ये एकजना ९ वर्षकी बालिकाले चलाएको आइप्याडको इन्टरनेट सर्च हिस्ट्री जब शिक्षकले हेरे तब शक्ड भए।

वास्तवमा ती बालिकाले इन्टरनेटमा पोर्न मूभि सर्च गरेकी रहेछिन् । त्यसपछि शिक्षकले उनलाई बोलाएर यस्तो कुरा किन खोजेर हेरेको भनेर सोधे । ती बालिकाका अनुसार उनको एकजना आफन्तले उनीमाथि गरिरहेको क्रियाकलाप आखिर के रहेछ भन्ने कुरा थाहा पाउनका लागि उनले इन्टरनेटमा त्यस्तो कुरा खोजेर हेरेकी रहेछिन्।

वास्तवमा ती बालिकाको घरमा बस्ने ३१ वर्षका एन्थोनी गेरे नामका एकजना आफन्तले ती बालिकालाई पछिल्लो २ वर्षदेखि निरन्तर यौनहिंसा गरिरहेको रहेछ । एन्थोनीले आफु र आफ्नी बहिनीलाई पनि त्यस्तो काम गर्दै आएको ती बालिकाले बताइन्।

आखिर त्यस्तो काम के रहेछ र किन गरिँदो रहेछ भन्ने कुरा थाहा पाउन आफुले इन्टरनेटमा पोर्न मूभि खोजेर हेरेको उनले नढाँकीकन भनिन् । बलिकाले यी सबै कुरा कुरा बताएपछि स्कुलले पुलिसलाई खबर गर्यो । पुलिसले तत्कालै एन्थोनीलाई पक्राउ गर्यो । अहिले उनी पुलिस हिरासतमा छन् र उनीमाथि यौनहिंसाको मुद्दा चलाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *