नेपालको सम्पूर्ण टिभी बन्द ! सरकारले गर्यो यस्तो निर्णय यसकारण बन्द हुँदै (भिडियो हेर्नुहोस)

काठमाडौं, २८ असार । केबल टिभी व्यवसायीहरूले सरकारले विज्ञापन नीति, २०७३ लागू गरेमा साउनबाट सम्पूर्ण केबल तथा डीटीएच टिभी बन्द गर्ने चेतावनी दिएका छन् ।

उक्त नीति नेपालको संविधान तथा राष्ट्रिय प्रसारण ऐन, २०४९ विपरीत रहेको भन्दै नेपाल केबल टेलिभिजन महासंघ, नेपाल केबल टेलिभिजन व्यवसायी महासंघ र डिस होम नेपालले संयुक्त विज्ञप्ति जारी गरेर यस्तो चेतावनी दिएका हुन् ।

सरकारले लागू गर्ने तयारी गरेको विज्ञापनरहित क्लिन फिड नीति फिर्ता नभए प्रसारण हँुदै आएका सबै स–शुल्क, निःशुल्क, स्वदेशी, विदेशी तथा स्थानीय केबल टिभीलगायत टेलिभिजन सेवा बन्द गर्ने घोषणा गरेका हुन् ।

भू–परिबेष्टिक र खुला सीमाना भएको मुलुकमा विदेशी डीटीएचको चोरी पैठारी हुन सक्ने र नेपाली डीटीएच कम्पनी तथा केबल कम्पनी धराशयी बन्ने र सोको कारणबाट नेपाली टेलिभिजन पनि प्रायः बन्द नै हुने अवस्था आएको उनीहरूको दाबी छ । नेपाली डीटीएच कम्पनी तथा केबल कम्पनीमा लगानी भएको अर्बौं रुपैयाँको नोक्सानी हुने भएकाले विज्ञापनरहित नीति रद्द गर्न उनीहरुले माग गरेका हुन् ।

सरकार साउनबाट विज्ञापनरहित नीतिको कार्यान्वयन गर्ने तयारीमा छ । टेलिभिजन सञ्चालक भने नेपालमा प्रसारण भई आएका ९५ प्रतिशत विज्ञापनसहितका विदेशी च्यानल रहेको भन्दै ती च्यानलको नेपालका लागि विज्ञापनरहित क्लिन फिड नभएको जनाएका छन् ।

भारतीय प्रसारक फोरमले नेपालको लागि क्लिन फिड उपलब्ध गराउने नसकिने जानकारी गराएपछि नेपाली केबल व्यवसायीले सो यस्तो घोषणा गरेका हुन्।

कमेन्ट गर्नुहोस्