राष्ट्रपतिलाई गाली गर्ने रेडियोका स्टेशन म्यानेजर काठमाडौं झिकाइयो

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमार्फत राष्ट्रपति विद्यादेवी भण्डारीलाई गालीगलौज गर्ने पत्रकारलाई प्रहरीले काठमाडौं झिकाएको छ।

राष्ट्रपतिले गाडी किन्नका लागि १६ करोड रुपैयाँ माग गरेको भन्दै फेसबुकमा राष्ट्रपतिलाई गालीगलौज गर्ने कपिलवस्तुको तौलिहवाको हुदा रेडियोका स्टेशन म्यानेजर सोनुकुमार सुनार बुधबार रेडियो कार्यालय अगाडिबाट पक्राउ परेका थिए । साइबर क्राइम अन्तर्गत अनुसन्धान गर्न सिआइबीले उनलाई काठमाडौं झिकाएको हो।

उनलाई आजै अदालत पेश गरी म्याद थप गरेर अनुसन्धान गर्ने सिआइबीका प्रवक्ता मिरा चौधरीले जनकारी दिनुभयो । पक्राउ परेका सुनारले अपाच्य शब्द प्रयोग गर्दै फेसबुकमार्फ राष्ट्रपतिलाई गाली गरेका थिए।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *