तपाईकी श्रीमतीले धोका त दिइरहेकी छैनन् ? यसरी थाहा पाउनुहोस्

भनिन्छ श्रीमान श्रीमतीको नाता सबैभन्दा उत्तम र पवित्र नाता हो। तर कहिले काँही भने श्रीमान् श्रीमतीबीच एक अर्काप्रति अविश्वस पैदा भएर सम्बन्ध नै धरापमा पर्ने खतरा हुन्छ।

वैवाहिक सम्बन्ध टुट्नुमा श्रीमान र श्रीमती दुवैको कमजोरी हुन्छ। तर कतिपय अवस्थामा भने श्रीमानले श्रीमतीको ख्याल नगर्दा र श्रीमतीले श्रीमानका भन्दा अरुका विश्वास गर्नाले पनि सम्बन्ध धरापमा पर्ने खतरा हुन्छ।

हिजो आज विकराल बन्दै गइरहेको समस्या के पनि हो भने विभिन्न कारणले श्रीमती अर्कैसँग सल्किनु। श्रीमती अर्कैसँग लहसिन थालेको पहिले नै थाहा पाउन सक्यो भने त्यसबाट हुने क्षतिबाट बच्न सकिन्छ।

श्रीमती अर्कैको संगतमा लागेको कसरी थाहा पाउने त ? यो आलेखमा श्रीमतीले श्रीमानलाई धोका दिएको कसरी थाहा पाउने भनेर उल्लेख गरिएको छ।

फोन कल
तपाईको श्रीमती फोनमा कत्तिको झुन्डिन्छिन् ? तपाईँको अगाडि फोन आउँदा उनको हाउभाउमा कुनै परिवर्तन आउँछ कि आउँदैन ? बारम्बर फोन आइरहने फोन, स्वरको परिवर्तन, मेसेज गर्ने प्रवृत्तिहरुले पनि तपाईंले श्रीमतीले दिइरहेको छ या छैन भनेर थाहा पाउन सक्नुहुन्छ । फोन आएको बेला आवाज कम गर्ने, अकस्मात बोल्ने शैलीमा परिवर्तन गर्छिन भने सम्झिनुस, उनको नियत ठीक छैन । थाहै नपाई तपाईमाथि धोका भइरहेको हुन सक्छ।

केटी साथीहरुसँग बढी घुलमिल
उनका केटी साथी कति छन् ? केटी साथीसँग पहिलेको भन्दा बढी समय बिताउँछिन कि बिताउन्नन ? कतै केटी साथीलाई भेटन जाने भनेर अरु कसैलाई भेट्न त गएकी छैनन् ? केही समयअघिसम्म बेलुकी अरुसँग समय नबिताउने तपाईंको श्रीमती एकाएक धेरैजसो समय बाहिर नै बिताउने गर्न थाल्छिन् भने तपाईंमाथि धोका भइरहेको हुनसक्छ । तपाईंकी श्रीमती केटी साथीहरुसँग नभई अरु कुनै मानिससँग समय बिताइरहेको हुनसक्छ।

नुहाउने र जीम
विगतमा दिउँसो नुहाउन अल्छी मान्ने तपाईंकी श्रीमती घर फर्कने बेला नुहाएर आएको जस्तो देखिन्छिन् ? के उनी पहिलाको भन्दा जीममा बढी धाउने गर्दछिन् ? सम्झिनुस् त्यहाँ पनि तपाईंलाई गुमराहमा राखिएको हुनसक्छ।

श्रीमतीको बास्ना
श्रीमतीले पहिले र अहिलेमा कत्तिको बास्नादार हुने गर्छिन ? उनीबाट महिलाको भन्दा पुरुषको बास्ना बढी आइरहेको छ ? उनको यो नयाँ बास्ना महिलाको भन्दा पुरुषको बढि हो कि, अथवा त्यस्तै खालको बास्ना आफ्नो कुनै साथीको हो कि त्यो याद राख्नुहोस्।

आँखा जुधाई
पहिला आँखा जुधाएर कुरा गर्ने तपाईंकी श्रीमती अहिले प्रश्नहरु सोध्दा एकाएक यसो गर्न बन्द गरेकी छिन् भने होसियार हुनुहोस्।

यौन विचलन
कतै तपाईंको श्रीमतीले तपाईलाई झारा टार्ने गरी शारीरिक सम्बन्धमा साथ मात्रै त दिएकी छैनन् ? के उनको सेक्स प्रतिको रुची पहिलाको भन्दा कम छ ? के उनले तपाईंले कहिले नगर्नुभएको तरिकाहरु अपनाउन अनुरोध गर्छिन् अथवा के उनले तपाईंलाई सेक्सका नयाँ तरिकाहरुको बारेमा सिकाउने गर्दछिन् ? त्यसो भए उनीमा शंका गर्ने आधारहरु धेरै हुन्छन् । अर्थात तपाईंमाथि श्रीमतीले धोका दिइरहेकी हुन सक्छिन् ।

कमेन्ट गर्नुहोस्