एउटा यस्तो फोटो, जसका कारण बारम्बार तोडियो यी युवतीको विवाह

एउटा फोटोका कारण एक युवतीको विवाह तीन पटक रोकिएको छ। भित्रि वस्त्र निर्माण गर्ने एक कम्पनीको विज्ञापनमा मोडलिङ गर्दै एउटा फोटो खिचाएकी एक युवतीले अनलाईन उत्पीडनको सामना गर्नुपरेको छ।

मोडलले नयाँ दिल्लीको महिला आयोगमा यस विषयमा सम्पर्क गरेकी छिन्। आयोगलको पहलमा व्यवसायीक साइटबाट मोडलतको तस्वीर हटाइएको छ। यस्तो फोटो शूटका कारण हुन लागको विवाह पनि टुट्ने गरेको छ।

दुई वर्ष अघि एक कम्पनीसँग एक वर्षको सम्झौतामा यस्तो फोटोशुट गराएको भएपनि कम्पनीले विभिन्न सपिङ मल, व्यापारिक प्रतिस्ठानमा राखेको उनको फोटोसहितको विज्ञापन नहटाएको हो। उनले बारम्बर भित्रिबस्त्रको कम्पनीका मालिकलाई विज्ञापन हटाउन आग्रह गरेपनि उनले वेवास्ता गर्दै आएका छन्।

उनको यस्तो विज्ञापनको फोटो शुटपछि युवाहरुले भद्दा खालका कमेन्ट उनका फोटोहरुमा गरेका छन् भने अ्रश्लील फोन कलका कारण आफू समस्यामा परेकी छिन्। मध्यमवर्गीय परिवारकी उनी पारिवारिक स्थिति विग्रिएपछि यस्तो फोटो खिचाउन तर्फ आकर्षित भएकी थिइन्। जसका कारण उनको विवाह समेत हुन सकेको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *