रोनाल्डोले सामाजिक सञ्जालमा गर्ने एउटा पोष्टबाट कति कमाउछन् ?

फुटबल स्टार क्रिष्टियानो रोनाल्डोले सामाजिक सञ्जालमा गर्ने पोष्टबाट ठूलो मात्रामा आम्दानी गर्ने गरेको प्रतिवेदन सार्वजनिक भएको छ।

होपरले सार्वजनिक गरेको प्रतिवेदनमा रोनाल्डोले आफ्नो इन्स्टाग्राममा गर्ने एउटा पोष्टबाट झण्डै तीन लाख १० हजार पाउण्ड स्ट्रलिङ (४१ करोड ५ लाख ८० हजार रुपैयाँ) आम्दानी गर्ने दाबी गरिएको छ।

सामाजिक सञ्जालमा गर्ने पोष्टबाट सर्वाधिक आम्दानी गर्नेको सूचिमा रोनाल्डो तेस्रो स्थानमा छ। पहिलो स्थानमा सेलेना गोमेज र दोस्रो स्थानमा किम कार्डासियन छन्। शीर्ष १० मा पर्ने रोनाल्डो एक मात्र फुटबल खेलाडी हुन्। सामाजिक सञ्जालमा रोनाल्डोका १० करोड ६० लाख फलोआर्स छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *