फिफा वरियता : नेपाल एक स्थान तल, ब्राजिललाई पछि पार्दै जर्मनी पहिलो

काठमाडौं । फिफा वरियतामा नेपाल एक स्थान तल झरेर १ सय ७० औँ स्थानमा पुगेको छ। फिफाले सार्वजनिक गरेको नयाँ वरियतामा ब्राजिललाई पछि पार्दै जर्मनी पहिलो स्थानमा पुगेको छ।

गएको आइतबार सम्पन्न कन्फेडेरेसन कपको उपाधि जितेको विश्व विजेता जर्मनी ब्राजिललाई पछि पार्दै विश्व वरियताको शीर्ष स्थानमा पुगेको हो । जर्मनी दुई स्थान सुधार गर्दै २ वर्षपछि शीर्ष स्थानमा पुगेको हो।

दक्षिण एसियामा भारत शीर्ष स्थानमा कायमै छ । ४ स्थान माथि चढेर भारत ९६ औं स्थानमा पुगेको छ । दक्षिण एसियामा भारतसँगै माल्दिभ्स र भुटान नेपाल भन्दा अगाडी छन् । बंगलादेश, श्रीलंका र पाकिस्तान नेपालभन्दा पछि छन् । १४ स्थान सुधार गरेको माल्दिभ्स १ सय ४२ तथा २ स्थान सुधार गर्दै भुटान १ सय ६४ औं स्थानमा उक्लेको छ ।

बंगलादेश १ सय ९० औं, श्रीलंका १ सय ९७ औं, पाकिस्तान २ सयौँ स्थानमा छ ।
कन्फेडेरेसन कपको सेमिफाइनल पुगेको पोर्चुगल ४ स्थान सुधार गर्दै चौथो स्थानमा उक्लेको छ । ४ स्थान नै सुधार गरेका स्वीट्जरल्याण्ड र पोल्याण्ड पाँचौ र छैटौँ स्थानमा छन् ।
यी हुन उत्कृष्ट १५ देश
जर्मनी
ब्राजिल
अर्जेन्टिना
पोर्चुगल
स्वीट्जरल्याण्ड
पोल्याण्ड
चिली
कोलम्बिया
फ्रान्स
बेल्जियम
स्पेन
इटाली
इंग्ल्याण्ड
पेरु
क्रोएसिया

कमेन्ट गर्नुहोस्