यसरी हुँदै छ चर्चित फुटबलर मेस्सीको बिवाह, यस्ता छन् तयारी

काठमाडौँ : अर्जेन्टिनाका चर्चित फुटबल स्टार लियोनल मेस्सीको वैवाहिक समारोहको लागि सम्पूर्ण तयारी पूरा भएको बताइएको छ। स्पेनिस क्लब बार्सिलोनाबाट व्यवसायिक फुटबल खेल्ने गरेका मेस्सीको विवाहको खबरले उनका समर्थक तथा विश्वभरका फुटबल समर्थकहरुले बिशेष चासोको रुपमा लिएका छन्।

अर्जेन्टिनामा जन्मिएका मेस्सीले आफ्नो बाल्यकालदेखिको मिल्ने साथी तथा प्रेमिका एन्टोनेला रोकुजोसँग विवाह गर्न लागेका हुन्। ४ ५ बर्षको उमेरदेखि नै एकअर्काको मिल्ने साथी रहेका यी दुई जोडीले मेस्सी हुर्किएको ठाउँ अर्जेन्टिनाको रोसारियोमा शुक्रबार विवाह गर्न लागेका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *