The news from New Generation with new vision.

साउथ इन्डियामा सर्बाधिक लोकप्रिय प्रभास बलिउडमा डेब्यु गर्दै

‘बाहुबली २’ रिलिज भएपछि प्रभासको बलिउड डेब्यूलाई लिएर लामो समयदेखि अनेकौं खबरहरु बाहिर आइसकेका छन्। पहिला खबर आएको थियो कि करन जोहर या रोहित शेट्टीको फिल्मबाट प्रभास बलिउड फिल्ममा पाइला राख्दैछन्। भारतको एक लीडिङ डेलीका अनुसार, प्रभास र साजिद नाडियावालाले एक नयाँ फिल्मको शिलशिलामा केही गोप्य बैठक गरिसकेका छन्।

प्रभास र साजिदको बीचमा अहिलेसम्म दुई मिटिङ भएको छ र यी दुईको प्रोजेक्ट्समाथि नै कुराकानी भएको भारतीय मिडियाले बताएका छन्। खबरका अनुसार, चाँडै यस विषयमा फाइनल हुनेछ। साजिदले योभन्दा अगाडि टाइगर श्राफ, कृति सेननलाई पनि लञ्च गरिसकेका छन्। प्रभास अहिले आफ्नो नयाँ फिल्म ‘साहो’को सुटिङमा व्यस्त छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित पाेष्टहरु