पोखरा फेवातालको आकाशमा पाराग्लाइडिङ दुर्घटना, एक युवकको मृत्यु

पोखरा : पोखरामा पाराग्लाइडिङ दुर्घटना हुँदा पोखरामा एकजनाको मृत्यु भएको छ। सोमबार दिउँसो पाराग्लाइडिङ सिक्नेक्रममा फेवातालमा डुब्दा पोखरा लेखनाथ–३३ घर भएका २७ वर्षीय प्रभात सुवेदीको मृत्यु भएको जनाइएको छ।

तालमा डुबेका सुवेदीलाई उद्धार गरी अस्पताल लगिएकोमा चिकित्सकले मृतक घोषित गरेका थिए। ब्लुस्काइ पाराग्लाइडिङबाट स्लो पाइलट रहेका सुवेदी रेस्क्यु डेभलपमेन्ट ट्रेनिङमा सहभागी भएका थिए।

कमेन्ट गर्नुहोस्