तीन अर्ब ६७ करोडमा ठडिने भो नयाँ धरहरा

काठमाडौं । काठमाडौंको सुन्धारामा तीन अर्ब ६७ करोड १९ लाख रुपैयाँ लागतमा धरहरा निर्माण हुने भएको छ।

पुरातत्व विभागले बजेटसहित नयाँ धरहराको डिजाइन तयार पारेको हो। यसको निर्माण गर्न नेपाल टेलिकमले रुचि देखाएको छ।

करिब ४० रोपनी क्षेत्रफलमा बन्ने यो धरहराका लागि तीन अर्ब ६७ करोड १९ लाख १२ हजार रुपैयाँ अनुमानित बजेटसहितको डिजाइन टेलिकमलाई हस्तान्तरण गरिएको छ। आजको अन्नपूर्ण पोस्ट दैनिकले खबर छापेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *