कसरी भएको थियो हाम्रो देशको नामाकरण ‘नेपाल’

काठमाडौँ : एसियाका ठूला देशहरू चीन र भारतको बीचमा हिमालयको काखमा बसेको नेपालको इतिहास यस क्षेत्रका अन्य देशहरूको भन्दा फरक छ। नेपालदेखि दक्षिणपट्टि रहेका देशहरू विदेशी अधिनमा रहँदा पनि नेपाल स्वतन्त्र राष्ट्रको रूपमा रहिरह्यो । विभिन्न धर्मशास्त्र तथा पुराणहरूमा नेपाललाई अत्यन्तै प्राचीन भूमिको रूपमा वर्णन गरिएको छ। करीब १३ करोड वर्ष अगाडि बनेका यहाँका पर्वत शृङ्खलाहरू र उपत्यकाहरूमा पछि आएर प्राणीहरूको आकर्षण विशेष रूपमा बढ्दै गएको पाइन्छ। पश्चिम नेपालको बुटवलक्षेत्रमा पाइएको रामापिथेकस मानवको अवशेषले एक करोड वर्षभन्दा अगाडिदेखि नै नेपालमा मानवको बसोबास शुरू भइसकेको तथ्य स्पष्ट हुन्छ। नेपाल नामको पहिलो उल्लेख अथर्वपरिशिष्टमा गरिएको पाइन्छ।

अथर्वपरिशिष्टको समय निश्चित गर्न नसकिए तापनि इसापूर्व ५००–६०० को बीचमा यसको निर्माण भएको मानिन्छ । यसमा नेपाललाई कामरू, विदेह उदुम्बर, अवन्ती र कैकय देशहरूसँगै राखी चर्चा गरिएको छ । मूल सर्वास्तिवाद, विनयवस्तु नामको बौद्ध ग्रन्थमा पनि नेपालबारे चर्चा गरिएको छ। यसमा भगवान बुद्धको समयमै उनका चेलाहरू व्यापारीहरूका साथ नेपाल पसेको घटना उल्लेख गरिएको छ । महाभारत वनपर्वमा नेपाललाई विषय (देश) को रूपमा वर्णन गरिएको छ । जैन ग्रन्थ आवश्यक सूत्र तथा कौटल्यको अर्थशास्त्र (ई.पू. चौथो शताब्दी) ले पनि नेपालको बारेमा उल्लेख गरेका छन्।

त्यस्तै भारतीय गुप्त सम्राट समुद्रगुप्तले आफ्नो इलाहाबाद अभिलेखमा आसाम र किर्तिपुर (कुमाउँ) नेपालको उल्लेख छिमेकी राज्य को रूपमा गरेका छन् भने त्यसपछिका प्रायः सबै स्श्रोतहरूले नेपालको उल्लेख स्वतन्त्र राज्यको रूपमा नै गरेका छन् । नेपालका शिलालेखहरूमा भने वि।सं। ५२२ पछि पाइएका अभिलेखमा नेपाल शब्दको उल्लेख भएको छ। यसरी यो मुलुक अत्यन्तै प्राचीन समयदेखि नै नेपाल नामबाट परिचित रहेको स्पष्ट हुन्छ। नेपाललाई सत्य युगमा सत्यवती, त्रेता युगमा तपोवन र द्वापर युगमा मुक्तिसोपान भनिन्थ्यो र कलि युगमा नेपाल भन्ने गरिएको कुरा हाम्रा पौराणिक ग्रन्थहरूमा उल्लेख छ।

नेपाल शब्द सबैभन्दा पहिला अथर्ववेदमा उल्लेख गरिएको पाइन्छ । यसअनुसार नेपाल हिमालको काखमा भएको कारणबाट नेपाल नामको उत्पत्ति संस्कृत शब्द निपालय बाट भएको हुन सक्छ, जस्को अर्थ पहाडको आधार (खुट्टा) अथवा खुट्टामा निवासू हो । यसका साथै तलका कथनहरू पनि सुन्नमा आउने गर्दछन्।

  • नेपाल शब्द तिब्बती भाषा नियमपाल बाट आएको हो, यसको अर्थ हो पवित्र भूमी हुन्छ ।
  • धेरै लामो समय पहिला नेपाल धेरै मात्रामा ऊनको उत्पादन गरिन्थ्यो र ऊन राख्नलाई तिरपालको घरको प्रयोग गरिन्थ्यो । यहाँ ने
  • जस्को अर्थ हो ऊन र पाल जस्को अर्थ हो तिरपाल भएकोले यसै शब्दबाट नेपाल नाम रहन गएको हुन सक्छ ।
  • ने नाम गरेका ऋषीले संरक्षण दिएका कारण ने र पाल (संरक्षण गर्नु) भन्ने शब्द मिली नेपाल बनेको हुन सक्छ ।

विसं १७९९ मा गोर्खाका राजा नरभुपाल शाहको निधन पश्चात राज्य सम्हालेका उनका जेठा छोरा पृथ्वी नारायण शाहको राज्य विस्तारको सोच सँगै नेपालको एकिकरणको सुरुवात भयो । उनले प्रथम पटक नुवाकोटमा विसं १८०० मा आक्रमण गरे तर त्यस पटक उनी पराजित भए। फेरी विसं १८०१ म दोस्रो पटक आक्रमण गरी उनले नुवाकोटमाथी विजय प्राप्त गरे । त्यसपछि उनले विसं १८१४ र विसं १८२१ मा किर्तिपुरको युद्धमा दुबै पटक नराम्रो हार ब्यहोर्नु पर्यो । यस युद्धमा किर्तिपुरेहरूले सेनापति कालु पाण्डेलाई मारिदिए र पृथ्वी नारायण शाह भाई सुरप्रतापको आँखा समेत फोडिदिए । विसं १८२२ चैत्र ३ गते पुनस् किर्तिपुरमाथी आक्रमण गरी विजय हासिल गरे । पृथ्वी नारायणले विसं १८२५ भाद्र शुक्ल चतुर्दशीमा काठमाडौंमा इन्द्रजात्रा मनाइरहेको दिन पारेर आक्रमण गरेर जित हासिल गरे । यसपछि उनले क्रमशस् विसं १८२५ आश्विन २२ मा ललितपुर, विसं १८२६ कार्तिकमा भक्तपुरमाथी विजय प्राप्त गरे।

इतिहास

हिमालय क्षेत्रमा मानिसहरू बस्न थालेको कम्तिमा पनि ९,००० वर्ष भएको कुरा काठमाडौं उपत्यकामा पाइएका प्राचीन औजारहरूबाट पुष्टि हुन्छ । सम्भवतस् भोट(बर्मेली मूलका मानिसहरू नेपालमा २,५०० वर्ष अगाडि बसोबास गर्दथे । ईशापूर्व १५०० तिर इन्डो–आर्यन जातिहरू उपत्यका प्रवेश गरे । ईशापूर्वको १००० तिर स–साना राज्यहरू र राज्यसङ्गठनहरू बने । सिद्धार्थ गौतम ईशापूर्व ५६३–४८३० त्यस्तै एक वंश, शाक्यवंशका राजकुमार थिए, जसले आफ्नो राजकाज त्यागी तपस्वीको जीवन अँगाले र उनी बुद्ध भनेर विश्व प्रसिद्ध भए ।

ईशापूर्वको २५० सम्ममा, यो क्षेत्र उत्तर भारतको मौर्य साम्राज्यको प्रभावमा प-यो र पछि चौंथो शताब्दिमा गुप्त साम्राज्यको अधीनस्थ राज्य हुनपुग्यो । यो क्षेत्रमा ५औं शताब्दिको उत्तरार्धमा आएर लिच्छवीहरूले राज्य गरे। ८औं शताब्दिको उत्तरार्धमा लिच्छवीवंश अस्त हुनथाल्यो र सन् ८७९ देखि नेवार युगको उदय भयो, तथापि उनीहरूको नियन्त्रणमा देशको कति विस्तार भएको थियो यकिन छैन । ११औं शताब्दिको उत्तरार्द्धमा दक्षिण भारतबाट आएका चालुक्य साम्राज्यको प्रभावमा नेपालको दक्षिणी भूभाग प-यो । चालुक्यहरूको प्रभावमा त्यति बेला चलिआएको बुद्ध धर्मको साटो राजाहरूले हिन्दू धर्मको समर्थन गर्न थाले र नेपालमा हिन्दू धर्म तर्फको धार्मिक परिवर्तन हुनथाल्यो ।

१३औं शताब्दिको पूर्वार्धमा संस्कृत शब्द मल्ल थर भएका नाइकेहरूको उदय हुनथाल्यो । सुरूमा उनीहरूको सत्ता उदयमान भयो, तर त्यसपछिका २०० वर्षहरूमा राजाहरूले उनीहरूको शक्ति एकमुष्ट पार्ने मात्र काम गरे । १४औं शताब्दिको उत्तरार्धमा देशका धेरैजसो भागहरू एकीकृत राज्यको अधीनमा आए । तर यो एकीकरण छोटो समयसम्म मात्र टिक्योस् १४८२मा यक्ष मल्लको समयमा आफ्ना छोराहरूलाई अंशबण्डामा काठमाडौं उपत्यकाका तीन राज्य बाँडेर दिने निर्णय पछि यो राज्य तीन भागमा टुक्रियो (काठमाडौं, पाटन, र भादगाउँ ) जसको बीचमा शताब्दियौंसम्म खिचातानी र दुश्मनी रहिरहेको थियो।

१७६५ मा, गोरखाका राजा पृथ्वीनारायण शाहले थोरैमात्र हतियार र सहयोग जुटाई छिमेकी राज्यहरू, (खासगरी लम्जुङ्ग, कास्की र तनहूँ)को तटस्थता आफ्नो पक्षमा उपयोग गर्न सफल भएपछि देश एकीकरणका निम्ति अघि बढे। धेरै रक्तरञ्जित लडाईंहरू पश्चात्, उनी ३ वर्षपछि काठमाडौं उपत्यकालाई विशाल नेपाल भित्र एकीकरण गर्ने अभियानमा सफलता प्राप्त गरे।तथापि उनले तत्कालीन राजा जयप्रकाश मल्लले राज्य गरिरहेको काठमाडौं राज्यलाई जित्दाखेरि कुनै युद्ध गर्नु परेन।

वास्तवमा, त्यतिबेला इन्द्रजात्रा पर्वमा काठमाडौं उपत्यकाका सबै जनताहरू जात्रा मनाइरहेका थिए जब पृथ्वी नारायण शाहले आफ्ना सेनाहरू लिएर खासै कुनै मेहनतबिना उपत्यकालाई कब्जा गरे आफै बसेर जात्रा चलाएर साँस्कृतिक सम्मानको अवधारणा प्रस्तुत गरे। त्यसैगरी नेपाल एकीकरणको सिलसिलामा सम्पूर्ण साना राज्यहरू जितेपछि पूर्वमा पल्लो किरात लिम्बूवान राज्य पुगे लिम्बूवान राज्यमा १७ पटक सम्म हमला गरी वि।सं २२र०४र१८३१ मा लिम्बूवानको केन्द्रीय राजधानी विजयपुरमा लालमोहर सहित तम्रपत्रमा लेखी सन्धि भयो। यसले नयाँ नेपालको जन्मको आधारशिला तय र्गयो।

तिब्बतसँग हिमाली मार्गको नियन्त्रणको निम्ति भएको विवाद र त्यस पश्चातको युद्धमा चीन तिब्बतको सहायताको लागि आएपछि नेपाल पछि हट्नुर्पयो। नेपालको सीमा नजीकका स(साना राज्यहरूलाई हडपेका कारण सुरू भएको ब्रिटिस इस्ट इण्डिया कम्पनी सँगको दुश्मनीका कारण रक्तरञ्जित एङ्गलो(नेपाल युद्ध ९१८१४–१६० भयो, जसमा नेपालले हालको सीमा रक्षा गर्न सफल भएपनि महाकाली नदी पश्चिमको आफ्ना क्षेत्रहरू गुमाउनु र्पयो। ती क्षेत्रहरू हालको उत्तराखण्ड राज्य र हालको हिमाञ्चल प्रदेशका धेरै पञ्जाबी पहाडी राज्यजहरू पर्दछन। आफ्नो स्वाधीनताका लागि नेपालले इस्ट इण्डिया कम्पनिसँग सुगौली सन्धि गरेर तराईका केही भूभाग र एक तिहाइभन्दा बढी भूभाग सहित सिक्किम ,दार्जि्लिनङ्ग गुमाउनु र्पयो। कांगडासम्म पुगेका नेपाली र सतलजदेखि टिस्टासम्मको विशाल नेपाल मेची र कालीमा सीमित हुन पुग्यो, तर पनि पछि १८६०मा प्रथम राणा प्रधानमन्त्री जङ्गबहादुर राणासँग खुसी भई अङ्ग्रेजले नेपाललाई राप्तीदेखि कालीसम्मको तराई फर्काइदिएका थिए।

राज परिवार बीचको गुटबन्दीका कारण युद्धपछि अस्थायित्व कायम भयो। सन् १८४६मा शासन गरिरहेकी रानीको सेनानायक जङ्गबहादुर राणालाई पदच्युत गर्ने षड्यन्त्रको खुलासा हुनाले कोतपर्व घट्न पुग्यो। हतियारधारी सेना र रानीप्रति बफादार भाइ(भारदारहरूबीच मार(काट चल्नाले देशका सयौं राजखलक, भारदारहरू र रजौटाहरूको हत्या भयो। जङ्गबहादुरले जितेपछि राणा खानदान सुरू गरे र राणा शासन लागू गरे। राजालाई नाममात्रमा सीमित गरियो र प्रधानमन्त्री पदलाई शक्तिशाली र वंशाणुगत गरियो। राणाहरू पूर्ण्निष्ठाले ब्रिटिसहरूका पक्षमा थिए र ब्रिटिसहरूलाई १८५७को सिपोई रिबेलियन ९प्रथम भारतीय स्वतन्त्रता संग्राम०, र पछि दुबै विश्व युद्धहरूमा सघाएका थिए। सन् १९२३मा संयुक्त अधिराज्य र नेपालबिच आधिकारिक रूपमा मित्रताको सम्झौतामा हस्ताक्षर भयो, जसमा नेपालको स्वतन्त्रतालाई संयुक्त अधिराज्यले स्विर्कायो।

कमेन्ट गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *