बहुमतीय आधारमा प्रधानमन्त्रीको निर्वाचन प्रक्रिया अघि बढाउन राष्ट्रपतिको आह्वान

गते प्रकाशित

काठमाडौं, १८ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतीय सरकार गठनको प्रक्रिया अगाडि बढाउन आह्वान गरेकी छिन् । राजनीतिक सहमतिको आधारमा सरकार गठनका लागि दिएको समयमा सरकार बन्न नसकेपछि राष्ट्रपति भण्डारीले बहुमतीय सरकार ठगनका लागि आह्वान गरेकी हुन्।

‘नेपालको संविधानको धारा २९८ को उपधारा (२) बमोजिम व्यवस्थापिका–संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुको सहमतिका आधारमा ७ (सात) दिनभित्र प्रधानमन्त्रीको निर्वाचन सम्पन्न गरी निजको अध्यक्षतामा मन्त्रिपरिषद्को गठन गर्नको लागि संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुलाई सम्वत् २०७४ साल जेठ ११ गते बिहीबारका दिन आह्वान गरिएकोमा उल्लिखित समयावधिभित्र राजनीतिक सहमतिको आधारमा प्रधानमन्त्रीको निर्वाचन सम्पन्न हुन नसकेकोले नेपालको संविधानको धारा २९८ को उपधारा (३) बमोजिम संसदको तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको बहुमतको आधारमा प्रधानमन्त्रीको निर्वाचन सम्पन्न गर्ने प्रकृया अघि वढाउनको लागि आह्वान गर्नुभएको छ’ राष्ट्रपति कार्यालयका प्रवक्ता मोहनप्रसाद वाग्लेले जारी गरेको विज्ञप्तीमा उल्लेख छ।

राष्ट्रपतिको आह्वान पछि संसदले बहुमतीय सरकार गठनको प्रक्रिया अगाडि बढाउने भएको छ। संसदको बैठक बिहीवार १ बजेका लागि बोलाइएको छ।

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   नेपालमै लोकप्रिय जागिरको अवसर, २ हजार भन्दा वढी अधिकृत खुल्दैं

तपाईं हामीसंग फेसबुक,र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।