बहिनीलाई भोट माग्न भारतबाट दैलेख पुगिन् नायिका विपना थापा

गते प्रकाशित

दैलेख । अरु बेला माइती देश आउन चाडबाड र पारिवारिक जमघट पर्खिनुपर्थ्यो। तर यसपटक निर्वाचनले नायिका विपना थापालाई भारतको मथुराबाट नेपाल तानेको छ। विपना शनिबार नारायण नगरपालिकामा कांग्रेसका पक्षमा चुनाव प्रचार प्रसार गर्ने क्रममा देखिइन्।

उनले भनिन्, ‘हाम्रो परिवार नै राजनीतिक हो। म जन आन्दोदनमा लागेकी कलाकार हुँ। त्यो बेला शाही परिवारबाट धम्की आउँदा पनि विचलित भइन।’ उनका हजुरबुबा २०१५ को आम निर्वाचनमा काठकाडौंका सांसद भएका थिए।

बुबा ओमविक्रम थापा पञ्चायत कालमा पटक पटक प्रधानपन्च भए। यस पटक ३६ बर्षीय बहिनी वासना थापा दैलेखको नारायण नगरपालिकामा उपमेयर उठेकी छन्। विपनाले बहिनीको लागि भोट माग्ने बताइन्। आजको कान्तिपुर दैनिकले खबर छापेको छ।

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   मह जोडीलाई 'जनआन्दोलन स्वर्ण पदक'

तपाईं हामीसंग फेसबुक,र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।