सांसद्ले विमानभित्रै कर्मचारी कुटेपछि मच्चियो हंगामा

गते प्रकाशित

एजेन्सी । एयर इन्डियाका कर्मचारीलाई कुटपिट र अभद्र भाषा प्रयोग गरेको अरोपमा शिवसेनाका सांसद रविन्द्र गायकवाडका विरुद्ध मुद्दा दर्ता गरिएको छ।

पुणेबाट दिल्ली जाने क्रममा शिवसेनाका सांसदले विमानका कर्मचारीमाथि अभद्र भाषा प्रयोग गर्दै कुटपीटमा उत्रिएका थिए। शिवसेनाका गायकवाड उस्मानाबादबाट लोकसभा सांसद बनेका छन्।

कर्मचारीले आफूमाथि दुव्र्यवहार गरेको र यस्तो अफूले कल्पना नगरेको उल्लेख गरेका छन्। सांसदले सञ्चारकर्मीसँगको कुराकानीमा चप्पलले कर्मचारीलाई २५ पटक हानेको र यसबारेको उजुरीका आधारमा कारबाही नहुने दावी समेत गरेका छन्।

नागरिक उड्डयन मन्त्री अशोक गजपति राजुले संसद परिसरमा पत्रकारसँगको कुराकानीमा कुनै नागरिकलाई यसप्रकारको व्यवहार गर्ने छुट नभएको बताए। आजको राजधानी दैनिकले खबर छापेको छ।

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   चीनद्वारा कर्णाली द्रुतमार्ग सर्भे, हवाई सेवामा पनि सघाउने

तपाईं हामीसंग फेसबुक,र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।