भीमाद महोत्सवमा छन्दे र बिम्लीको बेजोड प्रहसन मंसिर १३ गते

गते प्रकाशित

नयाँ पुस्ता पोखरा : हाँस्य कलाकार गोपाल ढकाल ‘छन्दे’ र शुशिला निरौला (बिम्ली) ले भीमाद महोत्सवमा जोडदार प्रहसन गर्ने भएका छन्।  ‘फुलमा माहुरी, ए माया नलाई कहाँ जान्छ्यौ ए फ्याउरी’ भन्ने गीतले चर्चित बनेका छन्दे हाल देश तथा विदेशका कार्यक्रममा व्यस्त रहेका छन्।

युकेमा एक महिनाभन्दा लामो कार्यक्रम सकाएर नेपाल फर्केका छन्दे दिनेश डिसीद्वारा निर्देशित हाँस्य शृखला ”ट्वाक्क टुक्क रिर्टन्स” मा पनि आबद्ध भएका छन्। यो कार्यक्रम हरेक हप्ताको शुक्रबार राती साढे सात बजे कान्तिपुर टेलिभिजनमा प्रसारण हुँदै आएको छ।

हाँस्य शृखलामा मात्र नभई स्टेज कार्यक्रममा समेत निकै खप्पिस छन्देले आफ्नै गृह क्षेत्र समेत रहेको भीमाद महोत्सवमा विशेष प्रस्तुती गर्ने बताएका छन्। उक्त कार्यक्रममा चर्चित कलाकार शुशिला निरौला ‘बिम्ली’ छन्देको जोडिका रुपमा देखिने छन्।

युकेमा म्युजिक भिडियो तयार पारिएको  झ्याप्प झ्याप्प लब बोलको गीत पनि छिट्टै स्रोता दर्शकमाझ ल्याउन लागेका छन्देले विभिन्न समय समयमा हाँस्य व्यङ्ग्य गीत पनि पस्कँदै आएका छन्।

तनहुँको शहर उन्मुख भीमादमा आज मंसिर १० गतेदेखि १९ गतेसम्म पहिलोपटक भीमाद महोत्सव शुरु भएको हो।

कमेन्ट गर्नुहोस्

तपाईं हामीसंग फेसबुक,र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।