भूकम्प पीडितका लागि ट्याक्सीको नम्बर वितरण गर्दा टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरिने

गते प्रकाशित

ललितपुर, ३ असोज : भूकम्प प्रभावितका लागि यातायात व्यवस्था विभागले गर्न लागेको ट्याक्सीको नम्बर वितरण टेलिभिजनको प्रत्यक्ष प्रसारणबाट गरिने भएको छ।

निष्पक्षता कायम गर्नका लागि विभागले टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरेर गोला प्रथाबाट छनोट गर्न लागेको हो। धेरै प्रभावितले निष्पक्षताका विषयमा शङ्का गर्दै आएका छन्। एक महिनाको अवधिमा झन्डै डेढ लाख प्रभावितले ट्याक्सीको फारम भरेका थिए। तीमध्ये एक हजार ५०० ले मात्रै गोला प्रथाबाट नयाँ ट्याक्सीको नम्बर पाउनेछन्।

अभिलेख राख्ने काम सकिएको विभागअन्तर्गतको साना-ठूला सवारी शाखाका प्रमुख हरि लामिछानेले बताए। नयाँ ट्याक्सीको नम्बरका विषयमा मात्रै निर्णय भएको छ। ट्याक्सी किन्दा सहुलियत दिने विषयमा कुनै निर्णय भएको छैन। लामिछानेले भने, बजारमा ट्याक्सी किन्दा पनि छुट पाउने हल्ला गरे पनि वास्तवमा त्यो निर्णय भएको छैन।

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   आज सुनचाँदीको मूल्य कति छ : हेर्नुहोस्

तपाईं हामीसंग फेसबुक,र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।