The news from New Generation with new vision.

विराटनगर हत्याकाण्डमा संलग्न तीन अभियुक्त पक्राउ संगै सार्वजनिक

2

विराटनगर, २२ भदौ  :  सुनसरी औरावनीका विनोद यादवको हत्यामा संलग्न तीनजनालाई प्रहरीले पक्राउ गरी बुधबार सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङले पत्रकार सम्मेलन गरी सिराहका २२ वर्षीय राकेशकुमार यादव, सिराहाकै १७ वर्षीय कृष्णकुमार यादव र सप्तरी महुवाका १७ वर्षीय जितेन्द्रकुमार साहलाई सार्वजनिक गरेको हो ।

विराटनगर–१३ स्थित तीनटोलियाका ओके श्रेष्ठको घरमा मंगलबार विनोद यादवको शव भेटिएको थियो । प्रहरीले उनीहरुको साथवाट यादवको हत्या गर्न प्रयोग गरिएको एकथान छुरा, कटुवा पेस्तोल र विभिन्न ब्रान्डका मोबाइल सेट बरामद गरेको छ।

प्रहरीले उनीहरुलाई विराटनगर उपमहानगरपालिका–२० स्थित नेपाल–भारतको सिमानाबाट मंगलबार राति नियन्त्रणमा लिएको मोरङका प्रहरी प्रमुख एसपी सन्दीप भण्डारीले जानकारी दिए।

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   आज मंगलबार, निकै राम्रो छ यी राशिका व्यक्तिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल
सम्बन्धित पाेष्टहरु