The news from New Generation with new vision.

युरो कप : स्वीडेनलाई हराउँदै इटाली नकआउट चरणमा

काठमाडौं, असार ३ – स्वीडेनलाई हराउँदै इटाली युरोकप फुटबलको नक आउट चरणमा अर्थात अन्तिम १६ मा पुगेको छ । खेल सकिन २ मिनेट बाँकी छँदा इडरले गरेको एक मात्र गोल नै निर्णयक भयो र

इटाली अन्तिम १६ मा पुग्यो । जर्जियो चिलिनीले गरेको थ्रोलाई इडरले ८८ औं मिनेटमा गोलमा परिणत गरेका हुन् । प्रि क्वाटर फाइनलमा पुगेको इटालीले आफ्नो पहिलो खेलमा बेल्जियमलाई २–० ले हराएको थियो । हारपछि स्वीडेको भने अन्तिम १६ मा पुग्ने संभावना निक्कै कठिन भएको छ । स्वीडेन आफ्नो पहिलो खेलमा आयरल्याण्डसँग

१–१ को बराबरीमा रोकिएको थियो ।  खेलका ५१ प्रतिशत बल नियन्त्रणमा राखेपछि स्वीडेनले इटालीको पोष्टमा आक्रमण गर्न सकेन । खेल भरी ४ वटा प्रहार गरेकोमा उसको एउटा पनि प्रहार गोल लक्षित थिएन । इन्जुरी समयमा स्वीडेनले पेनाल्टी अपिल गरेको थियो । तर, रेफ्रीले त्यसलाई अस्वीकार गरे । स्वीडेनका चर्चित स्ट्राइकर जाल्टन इब्राहिमोभिचले पनि खासै जादु देखाउन सकेनन् ।

नवौं पटक युरोकप खेलिरहेको इटाली सन् १९६८ मा पहिलो सहभागितामा नै उपाधि जितेको थियो । आफैंले आयोजना गरेको युरोकपको फाइनलमा इटालीले त्यतिबेला युगोस्लोभाकियालाई २–० ले हराएको थियो । इटाली सन् २००० मा फ्रान्ससँग र गएको संस्करणमा स्पेनसँग फाइनलमा पराजित भएको थियो ।

सम्बन्धित पाेष्टहरु